पोखरा लेकसाइडका धर्म बहादुर लामिछाने साइकल चढ्न थालेको ४० वर्ष भयो आफू १२ वर्षको हुँदादेखि साइकल चलाउन मन पराउने लामिछानेको साइक्लिङ मोह उमेरसगै बढदै गैरहेको छ । उहाँ हरेकदिन साइक्लिङका गर्नुहुन्छ । साइकल यात्रामा उहाँ सँगै थुप्रै पोख्र्ली युवाको टिम छ ।
शनिबार १२ घण्टा र अन्य बार ३ घण्टा दैनिकी जस्तै बनेको छ । पोखराको मुख्य सहरी भागमा भन्दा डाँडाकाँडामा साइक्लिङ गर्न मन पराउने उहाँ बेगनासताल रुपाताल, भदौरे तमादि, पञ्चासे काडे, कालिका स्थान धेरै पटक पुगीसकेको बताउनुहुन्छ । पोखरा आसपासका सबै ठाँउहरु साइकल यात्रा गरिसक्नु भएका लामिछाने यहि कात्तिक १९ गते १८ जनाको समूहसहित मनाङ तिलिचोतालको यात्रामा निस्किने जानकारी दिनुभयो ।
“मेरो संयोजकत्वमा १८ जनको टिम तिलिचोताल जादैछौ, आन्तरिक पर्यटन प्रवद्र्धनका लागी पोखरा ‘माउन्टेन बाइक एडभेन्चर ,को आयोजनामा “कोभिड १९ च्यालेन्ज २०२० साइकल टुर ”जान लागेको हौ,। उहाँले भन्नुभयो ।
“आन्तरिक पर्यटनका लागी साइकल यात्रा पनि गर्न सकिन्छ र यसले पनि डाँडाकाडाँमा व्यसाय गर्नेलाइ पनि सहयोग पुग्छ भन्ने सन्देश दिन खोजिएको हो,। लामिछानेले थपनु भयो । पोखरा लेकसाइडका स्थानियवासी लामिछाने उमेरले ५० कटिसकेको भए पनि ४० भन्दा कम उमेरको देखिनुहुन्छ ।
५ वर्षदेखि साइक्लिङ गर्दै आउनु भएकि पोखरा ७ की दुर्गा अधिकारी साइकलिङ आफ्नो स्वाथ्यका लागी वरदान भएको बताउनुहुन्छ । “फिजीकल एक्सरसाइज, सुगर प्रेशर लाग्नबाट बचाउछ, छिटो रोगले आक्रमण गर्न सक्दैन् ।” पेशाले संचारकर्मि रहनु भएकी अधिकारी टिम सँगै साइकल यात्रामा तिलिचोताल पुग्ने आँट गरेको बताउनु हुन्छ । “पोखरामा पोखरेली मात्र नभएर विदेशी पर्यटक पनि साइक्लिङमा रमाएको भेटिन्छन् । फेवातालका किनार हुँदै पामे, खपौँदी, र डाडाकाडाँमा पनि पर्यटक भेटिने गर्छन् । पोखरामा साइक्लिङ कल्चर बढिरहेको अधिकारी बताउनुहुन्छ ।