इन्टर र एट्लेटिकोले पनि युरोपियन सुपर लिगबाट नाम फिर्ता लिए

काठमाडौं। इटालियन क्लब इन्टर मिलान र एट्लेटिको मड्रिडले पनि प्रस्तावित युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका छन्। यसअघि इङ्ल्यान्डका ६ क्लब म्यानचेस्टर युनाइटेड, लिभरपुल, आर्सनल, म्यानचेस्टर सिटी, चेल्सी र टोटेनह्यामले प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए। युरोपाका १२ ठूला क्लबले प्रस्तावित सुपर लिग खेल्न सहमति जनाएका थिए तर क्लबहरूले नाम फिर्ता लिन थालेपछि प्रतियोगिता अन्योलमा परेको छ।

सम्बन्धित सामग्री

रियल, बार्सिलोना र युभेन्ट्सको प्रि–सिजन योजना

एजेन्सी – युरोपियन सुपर लिग परियोजनाका तीन टोली रियल म्याड्रिड, बार्सिलोना र युभेन्ट्स आउदो समरमा संयुक्त राज्य अमेरिकामा प्रि–सिजन प्रतियोगितामा प्रतिस्पर्धा गर्ने योजना बनाएका छन् । यि तीन क्लबले अझैपनि असफल युरोपियन सुपर लिग परियोजनालाई अघि बढाउन यो प्रतियोगितालाई अघि सारिएको बुझिएको छ । युरोपियन सुपर लिग घोषणा पछि यसमा संलग्न रहेका ९ क्लबहरु सार्वजसनक […]

समर्थकको विरोध प्रदर्शनले युनाइटेड र लिभरपुलबीचको खेल स्थगित

एजेन्सी। समर्थकहरूको विरोधका कारण म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको खेल स्थगित भएको छ। क्लबका मालिक ग्लेजर परिवार स्वामित्वको विरोधमा युनाइटेड समर्थकले रंगशाला र खेलाडी बसेको होटल आगाडि प्रदर्शन गरेका थिए। युनाइटेडले युरोपियन सुपर लिग खेल्न समर्थन गरेको भन्दै समर्थकले विरोध गरेका हुन्। युनाइटेड र लिभरपुलबीचको खेल गएराति ९ः१५ बजे हुने तय थियो।

युरोपियन सुपर लिग तयारी अवस्थामै छ : पेरेज

एजेन्सी। रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बाह्रमध्ये नौ संस्थापक क्लबले युरोपियन सुपर लिगबाट आफ्नो नाम फिर्ता लिएपनि लिग तयारी अवस्थामै रहेको बताएका छन्। ‘हामी निरन्तर काम गर्र्दै गइरहेका छौं। यो तयारी अवस्थामा नै रहेको छ’, पेरेजले भने। लिगको घोषणासँगै यसको चौतर्फी विरोध भएपछि एट्लेटिको मड्रिड, एसी मिलान र इन्टर मिलानसहित इङ्लिश प्रिमियर लिगबाट छ क्लबले आफ्नो नाम फिर्ता लिएका थिए।

इंग्लिस प्रिमियर लिगका क्लबले युरोपियन सुपर लिग नखेल्ने

चर्को आलोचनापछि इंग्लिस प्रिमियर लिगका क्लबले युरोपियन सुपर लिग नखेल्ने निर्णय गरेका छन्। यसअघि युरोपका बलिया मानिएका क्लबले आफ्नो छुट्टै लिग आयोजन गर्ने निर्णय गर्दै युरोपियन सुपर लिगको घोषणा गरेका थिए।

युरोपियन सुपर लिगबाट ६ इंग्लिस क्लबले फिर्ता लिए नाम

८ बैशाख, काठमाडौं । इंग्ल्यान्डका ६ वटे क्लबले युरोपियन सुपर लिग (ईएसएल) फुटबल प्रतियोगिताबाट नाम फिर्ता लिएका छन् । प्रतियोगिता घोषणा भएपछि नै यसको सबैतिरबाट आलोचना हुन थालेपछि प्रिमियर लिगका ६ क्लबले सुपर लिगबाट हात झिकेको हो । म्यानचेष्टर सिटी नाम फर्ता लिने पहिलो क्लब रहेको र चेल्सीले पनि त्यसैलाई फलो गरेको बीबीसीले जनाएको छ […]

सुपर लिग क्लबलाई फिफा अध्यक्षको चेतावनी

आइतबार युरोपका शीर्ष १२ टोलीले अमेरिकी बैंक जेपी मोर्गानको लगानीमा हुने भनिएको युरोपियन सुपर लिग (इएसएल) आयोजना गर्ने घोषणा गरेका थिए। सो घोषणाप्रति समर्थक र सम्बन्धित राष्ट्रका फुटबल संघले आपत्ति जनाएका थिए।...

‘फुटबल खेल बचाउनका लागि’ युरोपियन सुपर लिग : पेरेज

काठमाडौं। रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले युरोपियन सुपर लिग ‘फुटबल खेल बचाउनका लागि’ निर्माण गरिएको बताएका छन्। खेलको गुणस्तर खराब भएर युवाहरू आर्कषित नभएकाले यस्तो परिवर्तन गरिएको उनले बताए। “जहाँ कहिल्यै परिवर्तन हुन्न, त्यहाँ मानिसहरू सधैँ विपक्षमा हुन्छन्,’ पेरेजले भने। स्पेनका तीन, इङल्यान्डका छ र इटालीका तीन क्लबले संयुक्त रूपमा युरोपियन सुपरलिगको घोषणा गरेपछि यसबारे विश्वभरबाट मिश्रित प्रतिक्रिया आइरहेको छ।

विवादमा युरोपियन सुपर लिग

२० क्लबबीच हुने भनिएको नयाँ क्लबस्तरीय प्रतियोगिता युरोपियन सुपर लिग विवादमा परेको छ। युरोपियन फुटबलको सर्वोच्च निकाय युरोपियन फुटबल महासंघ (युइएफए) ले सुपर लिगलाई 'निश्चित क्लबहरूको स्वार्थी परियोजना' को संज्ञा दिएको छ।

सुपर लिगको सर्वत्र आलोचना

युरोपका शीर्ष १२ टोलीको योजना र अमेरिकी बैंक जेपी मोर्गानको लगानीमा हुने भनिएको युरोपियन सुपर लिग (इएसएल) प्रति समर्थक र सम्बन्धित राष्ट्रका फुटबल संघले आपत्ति जनाएका छन्।...