फिफा र यूईएफएले युरोपियन सुपर लिग खेल्ने क्लबलाई प्रतिबन्ध लगाउनु शक्तिको दुरुपयोग हुने अदालतको फैसला

काठमाडौं। युरोपियन कोर्ट अफ जस्टिसले प्रस्तावित युरोपियन सुपर लिग फुटबल आयोजकको पक्षमा फैसला गरेको छ। यसअघि युरोपियन सुपर लिग फुटबल आयोजनाको कुरा उठेपछि त्यस प्रतियोगितामा सहभागी हुने क्लबहरुलाई प्रतिबन्ध लगाइने चेतावनी दिइएको थियो। त्यसपछि सुपर लिगका आयोजक अदालत पुगेका थिए। विश्व फुटबल महासंघ(फिफा) र युरोपेली फुटबल महासंघ(यूईएफएल)ले प्रतिबन्ध लगाउनु शक्तिको दुरुपयोग हुने अदालतको ठहर छ। […]