काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं अधिवेशनमा केन्द्रीय नेताहरूले नै गठबन्धन बनाएका छन् । शेरबहादुर देउवा–कृष्णप्रसाद सिटौला भर्सेस प्रकाशमान सिंह–गगन थापाबीच भइरहेको प्रतिस्पर्धामा काठमाडौं सभापतिको उम्मेदवारी घोषणा सहमहामन्त्री डा. प्रकाशशरण महतले गरेका छन् ।
उनले उपेन्द्र कार्कीलाई काठमाडौं कांग्रेसको सभापति उम्मेदवार घोषणा गरेका हुन् ।
“देउवा टिमबाट उपेन्द्र कार्की सभापति उठ्नुहुनेछ,” उम्मेदवारी घोषण गर्दै सहमहामन्त्री महतले भने,...