काठमाडौं : युवा क्रिकेटर रोहितकुमार पौडेलले पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध एकदिवसीय क्रिकेटमा शतक प्रहार गरेका छन्। त्रिवि क्रिकेट मैदान किर्तिपुरमा जारी खेलमा रोहितले ९१ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै शतक बनाएका हुन्। एकदिवसीयमा रोहितको यो पहिलो शतक हो। उनी एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने दोस्रा नेपाली खेलाडी हुन्।यसअघि पारस खड्काले सन् २०१९ मा युएईविरुद्धको एकदिवसीय खेलमा पहिलो शतक प्रहार गरेका थिए।पाँचौं विकेटका लागि आरिफ र रोहितले १ सय ४ रनको शतकीय साझ