०४१ सालमा अनेरास्ववियूको राजनीति प्रवेश गरेका राजकुमार शर्मा आसन्न निर्वाचनमा रुकुम पश्चिम (ख) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार छन् । जनयुद्धताका साबिक कर्णालीका थुप्रै जिल्लाको नेतृत्व सम्हालेका शर्मा पहिलो पटक संसदीय निर्वाचनमा भाग लिन लागेका हुन् ।नेकपा एमालेबाट प्रदेश इञ्चार्ज यामलाल कँडेल र कांग्रेसबाट जीवनबहादुर शाहीले आफूलाई मुख्यमन्त्रीको आकाङ्क्षीका रूपमा प्रस्तुत गरिसक्दा माओवादीबाट शर्माको नाम अग्रस्थानमा छ । क्रान्तिबाट खारिएका शर्माको राजनीतिक यात्रा निकै सङ्घर्षशील छ । आफूभन्दा