जेठ ६, काठमाडौं । नेपाल स्टक एक्चेञ्जले विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको छ ।
नेप्सेले पुनः बुक क्लोज मिति तोकेर कम्तिमा ७ दिन अगाडि नप्सेलाई जानकारी गराउन निर्देशन दिंदै सेयर कारोबार फुकुवा गरेको हो ।
सूचीकृत कम्पनीहरुले नियम अनुसार बुक क्लोज मिति तय हुनु भन्दा ७ दिन अघि सो को जानकारी नेप्सेलाई दिनुपर्ने हुन्छ । सो अनुसार कम्पनीले वैशाख ३० गते पठाएको उक्त सूचना भूलवस त्रुटी हुन गएको र अब बाट धितोपत्र सूचीकरणको नियम पालना गर्ने प्रतिबद्धता जनाएपछि नेप्सेले कारोबार फुकुवा गरेको हो ।