काठमाण्डाै – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा सरकारी स्राेत, साधनको दुरुपयोग भएको गुनासो आएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले निर्वाचन आचारसंहिता २०७९ को व्यवस्था लागू भइसकेको अवस्थामा आचारसंहिताको पालना गर्न पनि निर्देशन दिएको छ । साथै चुनावी प्रचारमा सरकारी साधन, स्रोतको प्रयोग गर्न रोक लगाएकोबारे आयोगले स्मरण गराएको छ ।
आचारसंहिता कार्यान्वयनका लागि पटक–पटक राजनीतिक दलको ध्यानाकर्षण गराएको र राजनीतिक दलका प्रमुख पदाधिकारीबाट पालनाको प्रतिबद्धता व्यक्त भएको अवस्थामा पालना नहु...