पर्वत : विभिन्न कारणले करिब साढे दुई महिनादेखि उडान अवरुद्ध रहेको मुस्ताङको जोमसोम विमानस्थलमा आइतबार उडान शुरु भएको छ। कोभिडका कारण यात्रु ओसारपसार बन्द र त्यसलगत्तै मौसम फेरिँएका कारण पुस ५ गतेपछि उडान अवरुद्ध भएका थिए।जोमसोम विमानस्थलका प्रमुख पुस्कलराज शर्माका अनुसार आइतबार पोखराबाट मुस्ताङका लागि ५ ओटा उडान भएका छन्। तारा र समिट एयरले उडान भर्ने भनिएको भए पनि पछि ५ ओटै उडान तारा एयरले मात्र गरेको शर्माको भनाइ छ। विशेष गरी भारतीय तीर्थयात्री मुक्तिनाथ दर्शनका&nb