अर्घाखाँची – देउराली यातायात अर्घाखाँची प्रालीले कोरोनाबाट व्यवसायी मारमा परेको भन्दै ७३ लाख रुपैयाँ राहत वितरण गरेको छ ।
संस्था सम्बद्ध व्यवसायी, यातायात मजदुर तथा कर्मचारीहरुलाई ७३ लाख ७५ हजार रुपैयाँ बराबरकाे राहत वितरण गरिएको संस्थाका अध्यक्ष गोविन्द बन्जाडेले बताउनुभयाे । कोरोनाको दोस्रो भेरियन्टको महामारीका कारण लकडाउनमा परेका यातायात व्यवसायीलाई पर्न गएको कठिन समस्यालाई मध्यनजर गरी प्रालिमा आबद्ध भइ सञ्चालनमा आएका १ सय ४३ सवारी साधनका सम्बद्ध सबैलाई राहत वितरण गर्न थालेको हो ।
...