आज आइतबारका लागि बोलाएको प्रदेश १ को प्रदेशसभाको बैठक स्थगित गर्न नेपाली काँग्रेस प्रदेश नम्बर –१ ले माग गरेको छ । आज दिउँसो साढे १२ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको छ ।गृहकार्य नपुगेको लगायतका विविध कारण रहेकाले आइतबारको बैठक स्थगित गर्न लिखित रुपमै माग गरिएको काँग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले बताए । ‘गृहकार्य नपुगेकाले आजको बैठक स्थगित गर्न माग गरेका हौ, सभामुखले बैठक बोलाएपछि के गर्ने भन्ने निर्णय हुन्छ’,