एक वर्षमा तीन खर्ब १० अर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौं, साउन ४ । एक वर्षको अवधिमा मुलुकमा तीन खर्ब १० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७८/७९ मा तीन खर्ब १० अर्ब १८ करोड १६ लाख ७६ हजार रुपैयाँ बराबरको ३१ लाख ८९ हजार ७१६ किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन, मट्टितेल र ग्यास)आयात […]

सम्बन्धित सामग्री

एक महिनामा साढे २० अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालले भारतबाट २० अर्ब ६४ करोड ४८ लाख ५६ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ । गत साउन महिनामा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास नेपाल भित्रिएको हो । विभागका अनुसार साउनमा नेपालले ८ अर्ब ९८ करोड ९ लाख २ हजार रुपैयाँको डिजेल आयात गरेको छ । सोही समयमा भारतबाट ६ अर्ब ३८ करोड ५९ लाख ५३ हजार रुपैयाँको पेट्रोल र ५ अर्ब २७ करोड ८० लाख १ हजार रुपैयाँको एलपी ग्यास नेपाल भित्रिएको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २

एक वर्षमा ३ खर्ब बढीको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । पछिल्लो एक वर्षमा नेपालमा तीन खर्ब १० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । नेपाल आयल निगका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा तीन खर्ब १० अर्ब १८ करोड १६ लाख ७६ हजार रुपैयाँ बराबरको ३१ लाख ८९ हजार ७१६ किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । रुस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा […]

एक वर्षमा तीन खर्ब २० अर्बको पेट्रोलियम आयात, १ खर्ब २० अर्ब राजश्व

एक वर्षको अवधिमा मुलुकमा तीन खर्ब १० अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ भने सरकारले १ खर्ब २० अर्ब रुपियाँ राजश्व संकलन गरेको छ । यो रकम पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण बढेको हो । तीन अर्बको आयात हुँदा सवा एक खबै रुपैयाँ राजश्व संकलन गर्न सरकारले पेट्रोलियम पदार्थमा आधादर्जन कर लगाउने गरेको छ …

केरुङबाट पेट्रोलियम पदार्थ ल्याउन त्रिशुलीमा पाइपलाइन बिछ्याउन प्रस्ताव

काठमाडौं, २० जेठ । एमालेका सांसद शेरबहादुर तामाङले केरुङबाट पेट्रोलियम पदार्थ आयात गर्न त्रिशुली नदीमा पाइललाइन बिछ्याउन प्रस्ताव गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले केरुङबाट पेट्रोलियम पदार्थ आयात गर्न त्रिशुली नदीमा पाइपलाइन बिछ्याउन आग्रह गरेका हुन् । ‘तेल केरुङबाट ल्याउने विषयमा अध्ययन भएको […]

पेट्रोलियम पदार्थ खरिदका लागि दुई अर्ब ऋण लिँदै आयल निगम

काठमाडौँ– निरन्तर घाटामा जाँदा नेपाल आयल निगम अन्ततः पेट्रोलियम पदार्थ आयात गर्नै नसक्ने अवस्थामा पुगेको छ। पेट्रोलियम पदार्थ खरिदका लागि निगमसँग अब २५ करोड रुपैयाँ मात्र मौज्दात रहेको छ। उक्त रकमले पेट्रोलिय पदार्थ आयात गर्न नसकिने निगमको भनाइ छ। भारतीय आयल कर्पोरेसन (आईओसी)लाई नियमित रुपमा बुझाउनु पर्ने रकम तिर्न नपुग्ने भएपछि पेट्रोलियम पदार्थको आयतमा समस्या […]

सातामा दुई दिन बिदा दिँदा पेट्रोलियम पदार्थ खपत कति घट्छ ?

बढ्दो इन्धन खपत घटाएर पेट्रोलियम पदार्थ आयात पनि न्यून गर्नतर्फ सरकारले ध्यान केन्द्रित गरेको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागिरहेको पेट्रोलियम पदार्थ खपत घटाउनतर्फ सरकारको ध्यान केन्द्रित बनेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिइसकेका छन् ।इन्धन खपत घटाउन सार्वजनिक बिदाको दिन सरकारी सवारी नचलाउने तथा सातामा दुई दिन बिदा दिने लगायतका योजना सरकारले अघि सारेको छ । यसो गर्दा सरकारी स्रोत प्रयोगबाट हुने इन्धन खपत घट्ने तथा सार्वजनिक बिदाका दिन सर्वसाधारणले गर्ने इन्धन खपत समेत घट्ने

आयल निगमको कोष रित्तियो, दुई सातापछि नै पेट्रोल खरिदमा समस्या हुनसक्ने

निरन्तर घाटामा जाँदा नेपाल आयल निगम अन्ततः पेट्रोलियम पदार्थ आयात गर्न नै नसक्ने अवस्थामा पुगेको छ । पेट्रोलियम पदार्थ खरिदका लागि निगमसँग अब २५ करोड रुपैयाँ मात्र मौज्दात छ । जुन रकमले पेट्रोलियम पदार्थ आयात हुँदैन ।भारतीय आयल कर्पोरेसन (आइओसी) लाई नियमित रुपमा बुझाउनु पर्ने रकम तिर्न नसक्ने देखिएकाले पेट्रोलियम पदार्थको आयातमा समस्या देखा परिसकेको निगमका प्रवक्ता विनित उपाध्यायले बताए । ‘अबको २३ तारिखमा आइओसीलाई १४ अर्ब जति बुझाएपछि मात्रै पेट्रोलियम पदार्थ सहज तरिकाले आपूर्ति हुन्छ तर अ

सात महिनामा झण्डै २ खर्बको पेट्रोलियम पदार्थ आयात

१० फागुन, काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा नेपालले झण्डै २ खर्ब रुपैयाँ बराबरको पेट्रोलिय पदार्थ आयात गरेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको ७ महिनाको अन्तर्राष्ट्रिय व्यापारको तथ्यांकअनुसार यस अवधिमा भारतीय आयल निगमबाट एक खर्ब ८२ अर्ब २ करोड ३८ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । जुन गत आवको […]

रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

काठमाडौं । नेपाल आयल निगमले रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेशनले (आइओसी) दुई वर्षभन्दा बढी समयदेखि सुरक्षाका कारण देखाउँदै उक्त डिपो सञ्चालनमा समस्या भएको जनाउँदै आएको थियो । आइओसीले समस्या भएको लामो समयदेखि जानकारी गराएको भन्दै निगमले उक्त डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको जनाइएको छ । उक्त डिपो बन्द गर्ने निर्णय पछि रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात गरिरहेका बारा र पर्साका पेट्रोलियम व्यवसायीले नेपाल आयल निगमको २ नम्बर प्रादेशिक कार्यालयमा खरीदको व्यवस्था भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि रक्सौल नाकाबाट लोड लिइ निगमको वीरगञ्ज शाखा कार्यालयबाट बिलिङ गर्दै आएको पेट्रोलियम पदार्थका अधिकृत बिक्रेताले अब २ नम्बर प्रादेशिक कार्यालयबाट पेट्रोलियम पदार्थ लिने र बिलिङ गर्नुपर्ने हुन्छ । निगमले लागू गरेको नयाँ व्यवस्थाका सम्बन्धमा केही अन्योल उत्पन्न भएपछि निगमको केन्द्रीय कार्यालय बबरमहलबाट गएको टोली र बारा/पर्सा पेट्रोलियम डिलर्स एशोसिएसन तथा स्थानीय प्रशासनबीच छलफलसमेत गरिएको थियो । मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको अधिकतम उपयोग नहुँदासम्म अथवा इण्डियन आयल कर्पोरेशनले मोतिहारी डिपोको संरचना निर्माण कार्य पूरा नभएसम्म पेट्रोलियम पदार्थको सहज आपूर्ति नहुने तथा निगमको लागत बढ्ने जनाइएको छ । गत डिसेम्बरमा अमलेखगञ्ज डिपोबाट एक लाख किलोलिटरभन्दा बढी पेट्रोलियम पदार्थ आपूर्ति गर्न रक्सौल डिपोबाट ४० हजार किलोलिटर र पाइपलाइनबाट ६० हजार किलोलिटर आयात भएको निगमले जनाएको छ । रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ ल्याउन बन्द भएपछि बारा र पर्साका अधिकृत बिक्रेताले पेट्रोलियम पदार्थ डिलर्स एशोसियसनको समन्वयमा प्रदेश नं २ प्रादेशिक कार्यालयबाट खरीद गर्ने सहमति जनाइसकेका छन् ।(रासस)