पर्वत : महाशिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी भएको छ। अध्यक्षमा एमालेका ईश्वरीप्रसाद भुसालले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अशोक उचै ठकुरीलाई ४४७ मतान्तरमा पराजित गरेका हुन्। भुसालले दुई हजार ७५३ मत ल्याउँदा ठकुरीको पक्षमा दुई हजार ३०६ मत पाएका छन्। राष्ट्रिय जनमोर्चाका उम्मेदवार कृष्णबहादुर क्षेत्रीले २५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुनाथ उपाध्यायले २० मत ल्याए। उपाध्यक्षमा एमालेकी धनसुवा विकले नेकपा एकीकृत समाजवादीका विराज हमाललाई ७३७ मतान्तरल