नेकपा एमालेका नेता भिम रावलले सरकारले सञ्चालन गर्ने सबै कार्यक्रम मन्त्रीको नामबाट राख्न सुझाव दिएका छन् । उनले प्रतिनिधि सभामा सम्बोधन गर्दै नीति तथा कार्यक्रममा समेटिएका योजनामा ‘प्रधानमन्त्री’ राखेपछि यस्तो सुझाव दिएका हुन् ।‘देश र जनताका लागि सार्वजनिक गरिएका कार्यक्रमको अघि किन प्रधानमन्त्रीको नाम जोडेको ?’ उनले भने, ‘त्यसो भए अब सबै कार्यक्रमहरू मन्त्रीका नामबाट राख्नुहोस् ।’ उनले देशको बजेटबाट राष्ट्रका लागि सञ्चालन गरिने कार्यक्रम कुनै पद विशेष कार्यक्