लुम्बिनी प्रदेश सरकारले शनिबार ल्याएको आर्थिक वर्ष २०८१/८२ को बजेटले कृषि, उद्योग, पर्यटन र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ । त्यसै गरी बजेटले पूर्वाधार क्षेत्रको विकासका साथै तालिम, सिप विकास, आर्थिक सामाजिक सशक्तीकरण, विपन्न वर्ग क्षेत्रको विकासमा प्राथमिकता दिएको छ । बजेटले अधिकांश पुराना र साना आयोजना पूरा गर्न प्राथमिकता दिएको छ । लुम्बिनी प्रदेशका ५२ वटै प्रदेश निर्वाचन क्षेत्रमा एक बहुवर्षीय आयोजनाका लागि बजेट विनियोजन गरिएको छ ।