आरोहणमा कुनै स्वास्थ्य जोखिम छैन : पर्यटन मन्त्रालय

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आधार शिविरमा कुनैपनि स्वास्थ्य जोखिम नरहेको जनाएको छ । वसन्त यामको जारी सगरमाथा आरोहणमा संलग्न केही आरोहीमा कोभिड–१९ सङ्क्रमण देखिएको भनी विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाउदैँ विज्ञप्ति निकालेर प्रचार गरिएजस्तो सगरमाथामा कुनै जोखिम नरहेको स्पष्ट पारेको हो । नेपालका केही तथा विदेशी […]

सम्बन्धित सामग्री

अब बेग्लै पर्यटन मन्त्रालय

सुदूरपूर्व एसियाका राष्ट्रहरू भारत र चीनमा नै बसेर गरेको बजारीकरण र प्रबद्र्धनले गर्दा नेपालको पर्यटन छायाँमा परिरहेको छ। ती मुलुकहरूमात्र नभई महँङ्गा गन्तव्यका रूपमा चिनिने युरोपेली राष्ट्रहरूसमेतले हाम्रो छिमेकी राष्ट्रहरूमा राम्रै प्रबद्र्धन गरिरहेका छ...

नेवानिको ग्राउन्ड ह्यान्डलिङ यथावत् रहन्छ : पर्यटन मन्त्रालय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगम (नेवानि)को ग्राउन्ड ह्यान्डलिङ सेवा यथावत् रहने भन्दै आन्दोलनरत कर्मचारीलाई काममा फर्किन निर्देशन दिएका छन् । आइतबार पर्यटन मन्त्रालयले निगमका अन्दोलनरत क्रियाशील...

‘रेन्बो फेमिली’ को शङ्कास्पद भेलालाई गृहको अनुमती, पर्यटन मन्त्रालय मौन

काठमाडौं, असोज ४ । गृहमन्त्रालयले सुदूरपश्चिमको पर्यटकीय क्षेत्र रामारोशन प्रवेश गराउन २५ देशका पर्यटकलाई अनुमति दिएको छ। रामारोशन पुगेका पर्यटकलाई स्थानीय प्रशासनले रोक लगाएको थियो। तर, गृहमन्त्रालयले विदेशी पर्यटकलाई रामारोशन प्रवेशमा कुनै अवरोध नगर्न भन्दै अनुमति दिएको हो। गृहको आदेशपछि पर्यटकहरु रामारोशन भ्रमणमा निस्केका हुन्। गृह मन्त्रालयले अछाम पुगेका पर्यटकलाई रामारोशन प्रवेशमा रोक नलगाउन र […]

पर्यटन मन्त्रालय मातहतका कार्यक्रम अब होटलमा नहुने

२७ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका सबै निकायका कार्यक्रम यस वर्ष होटलमा आयोजना नहुने भएका छन् । मन्त्रालयले मन्त्रालय मातहतका सबै निकायका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । यसअघि अर्थ मन्त्रालयले खर्च कटौतीको निर्णय गर्दै सबै संघीय निकायको चालु खर्च २० प्रतिशत कम गर्ने निर्णय लिएको थियो । यसको […]

‘एकीकृत र जलवायु अनुकूलन सहरी विकासका लागि स्थानीय योजना’

जापान सरकारको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालय र युएन ह्याविट्याटसँगको सहकार्यमा सहरी विकास मन्त्रालयको संयोजनमा नेपालमा पहिलोपटक ‘स्पेसल प्लानिङ प्लेटफर्म’ नामको दुई दिने सम्मेलन सुरु भएको छ । ‘एकीकृत र जलवायु अनुकूलन सहरी विकासका लागि स्थानीय योजना’ भन्ने नारासहित पाँचौँ संस्करणको सम्मेलन आजदेखि नेपालमा सुरु भएको कार्यक्रमको उद्घाटन गर्नुहुँदै सहरी विकासमन्त्री विक्रम पाण्डेले सम्मेलनले …

कर्मचारीमाथी दुर्व्यवहार भएको छैन, सम्झाएको मात्र होः पर्यटन मन्त्रालय

काठमाडौं, असार ४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नभएको स्पष्ट गरेका छन्। उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि बताए। समाचारमा उल्लेख भएजस्तो संस्कृति, […]

प्रेम आलेले भने, ‘पर्यटन मन्त्रालय चलाउन सकिँदैन’

नेकपा एमालेबाट विभाजन भएर नेकपा एकिकृत समाजवादी बन्दा एमालेको केपी ओली समूहका केही नेता माधब नेपालको पक्षमा लागे । एमाले छोडेर नेकपा एस बनेका नेतामध्येका एक हुन् प्रेम बहादुर आले ।ओली नेतृत्वको तत्कालिन सरकारमा बनमन्त्री रहेका आले ओलीको बहिर्गमनसँगै मन्त्रालयबाट च्युत भए । मन्त्री बन्ने दाउमा माधब नेतृत्वको नेकपा एसमा लागेका आलेले पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् । तर, मन्त्री बनेको ४८ घण्टामै आलेले पर्यटन मन्त्रालय चलाउन नसकिने अभिव्यक्ति दिएका छन् ।निगमप्रति कटाक्षमन्त्री प्रेम आले सबैभन्दा बढी आक्रोशित नेपाल वायुसेवा निगमप्रति देखिए । किनभने, कुनै समय संसदीय समितिमा रहँदा वाइडबडी प्रकरणमा उलेख्य कटाक्ष गरेका आले अहिले आफैँ पर्यटनमन्त्री भएपछि निगममा भईरहेको कर्मचारीको आन्दोलनबारे उनले असन्तुष्टि पोखे ।पर्यटन मन्त्रालय सम्बद्ध निकायहरुले आयोजना गरेको स्वागत कार्यक्रममै मन्त्री आलेले ‘अहिलेकै अवस्थामा पर्यटन मन्त्रालय चलाउन सकिँदैन’ भनिदिए ।नेतृत्वलाई सहयोग गर्नुको सट्टा जहाजलाई घाममा सुताएर कर्मचारीहरु ९९ दिनदेखि आन्दोलित हुनु सैह्य कदम नभएको उनको भनाई छ ।९९ दिनदेखि ट्रेड युनियनको आन्दोलन जारी रहेको निगमप्रति नै उनको आलोचना धेरै रह्यो । उनले नियमित उडान नगराई जहाज घाममा सुतिरहेको र बेलैमा जहाज उडाउन नसकेकोमा असुन्तुष्टि पोखे ।नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीसहित निगमका महाप्रवन्धक डिम प्रकाश पौडेल सहभागी कार्यक्रममा आलेले ‘यस्तो तालले यो (पर्यटन) मन्त्रालय चलाउन सकिँदैन, वाइडबडीको ऋण मात्रै २७÷२८ अर्ब छ, ती वाइडबडी जहाज चाहिँ घाममा सुताएर राखिएको छ, जहाजलाई तातो घाममा सुकाएर पैसा आउँछ ? यसरी त पैसा आउँदैन होला नि, त्यसलाई उडाएपछि पो पैसा आउने हो त, युज नगरी सुकाएर हुन्छ ?’‘आन्तरिक विमानस्थल चरन क्षेत्र भए’मन्त्री आलेले आन्तरिक विमानस्थलमा पनि उडान संख्या थप हुन नसकेकोमा असन्तुष्टि देखाए । ‘हाम्रा पहाडका एयरपोर्ट युज भएका छैनन्, एयरपोर्ट छन् तर, त्यहाँ उड्ने टुइनटर, एटीआर जहाज छैनन्’ उनले भने, ‘त्यतातिर खोइ ध्यान ? अब आन्तरिक उडान पनि थप गर्नेगरी काम सुरु हुन्छ ।’उनले सरकारले खर्च गरेर बनाएका डोमेस्टिक एयरपोर्टहरु चरन क्षेत्र हुनु दुर्भाग्य भएको भन्दै अब यस्तो हुन नदिईने दाबी गरे ।

पर्यटन मन्त्रालय भन्छ :  निगमलाई निजीकरण गर्न खोजेका छैनौं

नेपाल वायुसेवा निगमको रणनीतिक सुधारका लागि भइरहेको कार्यको विषयमा अनावश्यक भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आपत्ति जनाएको छ ।  आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले निगमका बारेमा विभिन्न महानुभावहरुबाट अनावश्यक र भ्रमपूर्ण हल्ला फैलाउने काम भएको भन्दै सोप्रति मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । ‘नेपाल वायुसेवा निगमको रणनीतिक सुधारका लागि भइरहेका कार्यहरुको सम्बन्धमा विभिन्न महानुभावहरूबाट भ्रमपूर्ण सू

सगरमाथामा कोरोना फैलिएको छैन : पर्यटन मन्त्रालय

२४ वैशाख, काठमाडौं । प्रचारमा आएजस्तो सगरमाथामा स्वास्थ्य जोखिम नभएको सरकारले बताएको छ । बीबीसीसहित अन्तर्राष्ट्रिय संचारमाध्यमले सगरमाथा आधार शिविरमा कोरोना फैलिएको भन्दै समाचार प्रकाशन–प्रसारण गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो खबरको खण्डन गर्दै पर्वतारोहीमा कोभिड-१९ को संक्रमण व्यापक फैलिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ । मन्त्रालयले भनेको छ, ‘सम्पर्क […]