गोदावरी (कैलाली), १४ चैत । सुदूरपश्चिम प्रदेशको धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा परिचित खप्तडमा साइकल यात्रा गरिने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका अनुसार खप्तड क्षेत्रको पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसारका लागि साइकल यात्रा गरिने भएको भएको हो । खप्तड क्षेत्रमा साइकल यात्राका लागि […]
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा महानगरलाई खुला सङ्ग्रहालयका रूपमा विकास गरिने जनाएको छ ।
महानगरले खुला सङ्ग्रहालयका रूपमा विकास गर्न तथा यसको पहिचानलाई जोगाइ राख्न महानगर गौरवको योजना संस्कृति, सम्पदा र पर्यटन : महानगरको धनअन्तर्गत मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ ।
नेपाल भाषा, लिपि, साहित्य, कला, सीपको जगेर्ना गर्ने, स्थान तोकेर विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यका लागि स्थानीय समुदाय तथा कला...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन सम्बन्धी प्रतिष्ठान स्थापना गर्ने बताएका छन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले सञ्चालन गरिरहेका विभिन्न शैक्षिक कार्यक्रम र तालिमबारे जानकारी लिन काठमाडौंको रविभवनस्थित प्रतिष्ठान कार्यालय पुगेका मन्त्री श्रेष्ठले प्रतिष्ठानका सेवा मुलुकका सातै प्रदेशमा विस्तार गरिने बताए । पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सीपमूलक जनशक्ति तयार गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उन
बनेपा– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने भएको छ । आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले ‘स्वस्थ शहर धुलिखेलको बहार, जनताको घरदैलोमा गुणस्तरीय स्वास्थ्य उपचार’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिने बताए । स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर नसर्ने रोगको प्रकोप नियन्त्रण गर्न ‘एनसिडी’ कार्यक्रममार्फत […]
सिमकोट – उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमी उपत्यकालाई संग्रहालयको रूपमा विकास गरिने भएको छ। गत बुधवार प्रदेश सभामा पेस भएको कर्णाली प्रदेश सरकारको बजेटमा चीनसँग सीमा जोडिएको लिमी उपत्यकालाई पर्यटन प्रवर्द्धन गर्न तीन वटै गाउँलाई संग्रहालयका रूपमा विकास गर्ने उल्लेख गरिएको हो। लिमीका वडाध्यक्ष पाल्जोर तामाङले लिमी उपत्यका आफैँमा भर्जिन रहेको र त्यसमाथि […]
सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘सुदूरपश्चिम पर्यटन साइकल यात्रा’ हुने भएको छ ।प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेष्टर्न राइडरको सहकार्यनामा पुस ३, ४ र ५ गते सो साइकल यात्रा हुने भएको हो । सुदूरपश्चिमको नेचर, कल्चर र एड्भेन्चरलाई प्रोमोट गर्न आयोजना गरिने यात्राको तयारी मन्त्रालयअन्तर्गतको पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईले […]
विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ मा पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि ८३ करोड ३८ लाख बजेट विनियोजन गरेको छ। यो रकमबाट मुन्धुम ट्रेल, पदमार्गलगायतका पूर्वाधार निर्माण गरिने भएको छ। त्यस्तै जल पर्यटन, साहसीक खेलकुद, पर्यटन, हिमाली पदमार्ग, पर्यटन सूचना केन्द्र निर्माण लगायतका कार्य गरिने बजेट खर्च गरिने आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले बताए।
महेन्द्रनगर-कञ्चनपुरको वेदकोट नगरपालिकास्थित धार्मिक पर्यटकीय आस्थाको केन्द्र विन्दु मानिने लिङ्गा क्षेत्रमा पर्यटन प्रवद्र्धनका गर्न सात करोडको पूर्वाधार निर्माण गरिने भएको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमसँग नगरपालिकाको साझेदारीमा लिङ्गा क्षेत्रमा पर्यटन प्रवद्र्धनका गर्न सात करोडको पूर्वाधार निर्माण गरिने भएको हो । नगरपालिकाका अनुसार वेदकोट नगरपालिकाको २ […]
काठमाडौँ / नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने भएको छ । कोभिड–१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुनःस्थापना गर्नका लागि ग्यास्टोनोमी टुरिजम एशोसिएशन अफ नेपालले नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गर्न लागेको हो । एशोसिएशनका अध्यक्ष सुरेशचन्द्र बस्नेतले नेपालको मौलिक खानामार्फत विदेशी पर्यटक भित्र्याउन ग्यास्टोनोमी टुरिजम (खाना पर्यटन)लाई विकास गर्न...
The post परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने appeared first on Purbeli News.
काठमाडौं । सरकारले पृथ्वीनारायण शाहले गर्नुभएको नेपाल एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन प्रर्वद्धन गर्न विकास समिति गठन गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन आदेश मार्फत विकास समिति निर्माण गर्ने प्रक्रिया शुरु गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बताएका छन् ।आइतबार राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७ को अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित विचार गोष्ठीमा बोल्दै मन्त्री ढकालले विकास