प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार अपराह्न बालुवाटारमा सर्वदलीय बैठक डाकेका छन् । बैठकमा संसदमा भइरहेको अवरोध, अमेरिकी सहयोग परियोजना एमसीसीलाई कसरी अगाडि बढाउने लगायतका विषयमा छलफल हुँदैछ । छलफलमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई बोलाइएको छ ।यद्यपी प्रमुख प्रतिपक्षी दल एमालेले भने सो बैठकमा सहभागिता नजनाउने भएको छ । सत्ता गठबन्धन र त्यसबाहिर रहेका दलहरुले सर्वदलीय बैठकमा भाग लिनेछन् । खासगरी सत्ता गठबन्धनभित्र रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा ए