उद्घाटनअघि नै भत्कियो पुल

इलाम चुलाचुली–२ स्थित चाँजु खोलाको बीचमा बनाइएको झोलुंगे पुल उद्घाटन नहुँदै भत्किएको छ । वैशाख अन्तिम साता निर्माण सम्पन्न भएको पुल दुई महिनामै भत्किएपछि स्थानीय आक्रोशित छन् ।

सम्बन्धित सामग्री

मेरील्यान्डको बाल्टिमोरमा पुल भत्कियो

१३ चैत, काठमाडौं । अमेरिका मेरील्यान्डको बाल्टिमोर सहरस्थित फ्रान्सिस स्कट पुल भत्किएको छ । मालबाहक डुंगाले ठक्कर दिँदा स्टिलबाट निर्मित पुल भत्किएको डेली मेलले जनाएको छ । सामाजिक सन्जाल एक्समा राखिएको एक भिडियोमा डुंगाले पुलको खम्बामा ठक्कर दिएको देखिन्छ । लगत्तै पुलको पुरै संरचनामा भाँचिएर पानीमा खसेको देखिन्छ । पुलको संरचना डुंगामाथि नै खसेको, डुंगाको […]

भाँसिएको पुल मुनि सांसद गौतमको अनशन

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जिल्लाको एउटा पुल उद्घाटन नहुँदै ७ वर्ष अघि भत्कियो।जिल्लाको आधा भूगोल जोडने पुल बनाउने कम्पनीलाई न त कारबाही नै भयो। न त पुल पुनः निर्माण भयो।...

गाडी नगुड्दै भत्कियो पुल

जुम्लाको सिंजा गाउँपालिका–३ स्थित हिमा नदीमाथि निर्माण भएको पक्की पुल गाडी गुड्न नपाएपछि स्थानीयवासी समस्यामा परेका छन् । गत असोजमा बाढीले भत्काएको पुल मर्मत भएर सञ्चालनमा नआउँदा सिंजावासीले सास्ती खेप्नुपरेको हो । गत असोज १९ देखि २५ गतेसम्म आएको वर्षापछि आएको बाढीपहिरोले गाडी गुड्न तयारी अवस्थामा रहेको पक्की पुल भत्किएको थियो । सञ्चालनको अन्तिम तयारीमा […]

गुजरात पुल दुर्घटना : तारले तौल धान्न नसक्दा पुल भत्कियो

भारतको गुजरात राज्यको मोरबीस्थित झोलुङ्गे पुल भत्किएको घटनाको विषयमा अदालतमा सुनुवाइ सुरु भएको छ । यस क्रममा पुल मर्मतका क्रममा भएका भ्रष्टाचारका केही नयाँ तथ्य बाहिर आएको छ । सहरको पहिचान मानिने उक्त झोलुङ्गे पुल मर्मतसम्भारपछि सर्वसाधारणका लागि केही दिनअघि खुलाइएको थियो ।पर्यटकले खचाखच भरिएको यो पुल अक्टोबर ३० मा भत्कियो । यस भयानक दुर्घटनामा हालसम्म १४० बढीको मृत्यु भइसकेको छ । माच्छु खोलामाथिको यो पुल स्थानीय बासिन्दाका लागि आकर्षक पर्यटकीय गन्तव्य थियो । त्यस दिन नदीमा छठ पुजा हेर

दुई ठाउँमा निर्माणाधीन पुल भत्कियो

दुई बेग्लाबेग्लै स्थानमा निर्माणाधीन पुल भत्किएका छन् । कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको बिम खस्दा कामदार घाइते भएका छन् । साथै निर्माण कार्य अवरुद्ध भएको छ।त्यस्तै सिन्धुली सदरमुकाम हुँदै बग्ने ग्वाङ खोलामा गए राति आएको बाढीले पक्की पुल ढलानका लागि तयार पारिएको संरचना बगाएको  छ। स्याङ्जा समाचारदाता अर्जुन काफ्लेका अनुसार, क्रेनको सहायताले फलामे बिम उठाउने क्रममा बिमसहित कामदार भुइँमा खसेका थिए । सो घटनामा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जना

चितवनको ठिमुरामा पुल नबनाए आन्दोलन गर्ने स्थानीयको चेतावनी

२८, माघ, चितवन । चितवनको भरतपुर महानगरपालिका-१ ठिमुराबाट तनहुँको देवघाट गाउँपालिका घिनटार जोड्न त्रिशुली नदीमाथि पक्की पुल बन्न थालेको ७ वर्ष भयो । पुल निर्माणको क्रममा दुईपटक भत्कियो । बन्दै गरेको पुल भत्किएपछि फेरि पुल बन्ने वा नबने अनिश्चित छ । पुल अनिश्चित भएपछि ठिमुरा चितवन देवघाट पक्की पुल निर्माण उपभोक्ता समितिले संघर्ष गर्ने चेतावनी […]

दुई साता नबित्दै फेरि भत्कियो सिवाई पुल

डिभिजन सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका सिनियर डिभिजन इन्जिनियर, पुल महाशाखा सिनियर डिभिजनल इन्जिनियर र पुल सेक्टर १ धरानका इन्जिनियरसहितको टोलीले स्थलगत अध्ययन गरेर फर्केलगत्तै पुल पुनः भत्केको हो।...

निर्माणाधीन पुल भत्कियो

उदयपुरको चौदण्डी–५ को सिवाई र बेलही गाउँलाई जोड्न त्रियुगा नदीको निर्माणाधीन पुल भत्किएको छ । दुई दिनदेखिको अविरल बर्षातले सिवाई पुलको दक्षिण तर्फको पिलर भासिएर दुई वटा स्लाब भासिएको हो...

हावाहुरीबाट चितवनपछि धादिङमा बन्दै गरेको पुल भत्कियो

काठमाडौं। हावाहुरीले धादिङको मासटारबाट केउरनीटार जोड्ने निर्माणाधिन पुल भत्किाएको छ। तनहुँ र चितवन जोड्ने पुल भत्किएको एक साता नबित्दै धादिङमा पुल भत्किएको हो।सडक विभागले त्रिशुली नदीमा बनिरहेको पुलको ५० मिटर भागलाई खोलामा खसालेको जानकारी दिएको छ। हावाहुरीले भत्काएको पुल २३ करोड लागतमा बनिरहेको थियो। हुरीले भत्किएको पुल गत वर्ष २०७७ को मंसिर १३ गते नै निर्माण सक्नुपर्ने थियो।

बनिनसक्दै भत्किन्छन् पुल, सच्चिंदैनन् त्रुटि

२९ चैत, काठमाडौं । चैत २३ गते राति तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि बनिरहेको पुल भत्कियो । २२० मिटर लामो ढलान भइसकेको पुलको ८० मिटर भाग भत्कियो । पुलका विज्ञहरु यो घटनालाई निर्माण लागत घटाउने चक्करको परिणाम भन्छन् । पूर्वसिनियिर डिभिजनल इन्जिनियर प्रकाश उपाध्याय देवघाटको घटनालाई निर्माणाधीन पुल भत्किने पुरानै सिलसिलाको निरन्तरता […]