काठमाडौं : पछिल्लो समय निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक लगातार दुई दिन वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक ५९.५४ अंकले बढेर १९८६.८२ बिन्दुमा पुगेको छ।त्यस्तै, सेन्सेटिभ इण्डेक्स १२.४२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५२ अंकले बढेको छ।बुधवार कारोबारमा आएका २२५ कम्पनीको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँमा कारोबार भएको छ।मंगलबारको तुलनामा बुधवार कारोबार रकम बढेको छ। मंगलवार १ अर्ब ७० करोड ७७ लाख ५२ हजार रुपैयाँ बराबरको