काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी खर्चमा डडेलधुरा जान नपाउने भएका छन्। निर्वाचन आयोगले प्रधानमन्त्री देउवालाई सरकारी खर्चमा डडेलधुरा जान रोकेको हो।
कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा सरकारी खर्चमा चुनाव प्रचारप्रसारका लागि डडेलधुरा जान लागेको भन्दै आयोगले सरकारी खर्चमा जान रोकेको हो।