काठमाण्डाै – निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी खर्चमा डडेलधुरा जान रोकेको छ ।
कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा सरकारी खर्चमा चुनाव प्रचारप्रसारका लागि डडेलधुरा जान लागेको भन्दै आयोगले सरकारी खर्चमा जान रोकेको हो । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले देउवाको डडेलधुरा यात्रा अनुमतिका लागि निर्वाचन आयोगमा पत्र पठाएको थियो ।
आयोगले पत्रको सम्बोधन गरी सरकारी खर्चमा प्रचारप्रसारमा जान नपाइने आचारसंहिता स्मरण गराएको हो । सरकारी स्रोतसाधन प्रयोग गरी प्रधानमन्त्री देउवा डडेलधु...