काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाको पटक पटकको ताकेतापछि लामो समयदेखि ढुक्कले बसेका करदाता कर तिर्न थालेका छन् । कामपाले यही भदौ १५ गतेदेखि पटकपटक कर तिर्न करदातालाई पत्राचार गरेको थियो ।पत्राचार र कामपाको पटकपटकको ताकेताका आधारमा अहिलेसम्म ८४ लाख ३४ हजार रुपैयाँ असुल भएको कामपा राजश्व विभागका प्रमुख डा शिवराज अधिकारीले जानकारी दिनुभयो । “अहिलेसम्म जति पनि असुल भएको छ त्यो सबै मनोरञ्जन कर हो । अन्य कर तिर्नका लागि केहीले विवरण लिएर आएका छन् भने केही सम्पर्कमा समेत आएका छैनन्”, उहाँल...