इलाम : नेपालमा चियाको खेतीको शुरूवात वि.सं. १९२० सालमा इलामबाट भयो।तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाका ज्वाईं बडाहाकिम गजराजसिंह थापाले इलाम बजार क्षेत्रमा चिया खेती थालनी गरे। त्यसको २ वर्षपछि सोक्तिम (हाल माई नगरपालिका–९) मा चिया खेती विस्तार भयो।कन्यामस्थित चिया बगान।त्यतिखेर भारतको दार्जिलिङ चिया कमानबाट दक्ष कामदार झिकाई इलाम बजारमा १३५ एकड र सोक्तिममा २४० एकडमा चिया खेती विस्तार भएको थियो।त्यसपछि क्रमश धनकुटाको मालढुङ्गा र ओखलढुङ्गाको भालुटारमा समेत चिया खेत