नेपालमा सोह्र हजार नौ सय १७ हेक्टर जमिनमा चिया खेती गरिएको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २६ औं राष्ट्रिय चिया दिवसको अवसर पारेर बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । त्यस अवसरमा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले पछिल्लो एक वर्षको अवधिमा चिया निर्यात गरेर दोब्बर विदेशी मुद्रा नेपालमा भित्र्याउन सफल भएको दावी समेत गरे ।उनले भने, ‘आ.व.२०७६/०७७ मा २ अर्ब ७८ करोड रुपैयाँ बराबरको चिया निर्यात भएकोमा आव २०७