कृषि उत्पादन क्षेत्रमा भारतको भर पर्ने जिल्ला हो कञ्चनपुर जिल्ला । वर्षेनी जिल्लालाई चाहिने तरकारी सिजनमा होस् या अफ सिजनमा धेरैजसो तरकारी भारतबाटै आयात हुन्छ । विदेशी तरकारीमा धेरै क्षेत्र ओगटेको जिल्लामा पछिल्लो समय भने आफ्नै उत्पादनमा निर्भर हुन थालेको छ ।कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा गाउँभरी नै परबर खेती हुँदै आएको छ । […]