काठमाण्डाै – निर्यातमा आधारित नगद प्रोत्साहन (इन्सेन्टिभ) तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयमा भएको निर्यातकर्ता व्यवसायी तथा सरोकारवालासँगको छलफल एवम् अन्तरक्रियामा अर्थ सचिव र राजस्व सचिवलाई उहाँले कार्यविधि सहज बनाउन निर्देशन दिनुभएको हो ।
‘मैले स्पष्टरूपमा सचिवज्यूहरूलाई भनेको छु’, उहाँले भन्नुभयो, ‘सरल र सहजरूपमा प्राप्त गर्ने (इन्सेन्टिभ) कार्यविधि चाहियो । त्यो कार्यविधि घुमाएर नपाउने खालको होइन सजिलैसित पाउने...