दाङको भालुवाङमा मंसिर २५ र २६ मा सम्पन्न नेकपा माओवादीको पहिलो प्रदेश अधिवेशनले २१७ सदस्यीय कमिटी चयन गरेको हप्तापछि बिहीबार लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराललाई चयन गरेको छ । बराललाई अध्यक्षमा सर्वसम्मत चुनिए पनि अन्य पदाधिकारीमा आकांक्षी धेरै भएपछि टुङ्ग्याउन नेतृत्वलाई हम्मेहम्मे परेको छ । आकांक्षी बढ्दै गएको र नेताले आफ्ना पक्षमा तीव्र लबिङ गरेपछि पदाधिकारी चयनमा ढिलाई भएको माओवादी केन्द्रका एक प्रदेशस्तरीय नेताले रातोपाटीलाई बताए ।अन्य पदाधिकारीको टुंगो नलागेकाले अध्यक्षमा प्रदेश