नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्ष सुदर्शन बराललाई बनाउने सहमति भएको छ ।
बिहीवार बराललाई अध्यक्ष बनाउने सहमति भएको माओवादीका एक नेताले बताए । मंसिर २५ र २६ गते भएको अधिवेशनले अध्यक्ष चयन गर्न सकेको थिएन ।
गुल्मीका युवा नेता तथा प्रदेश सभाका सदस्य बराल माओवादी नेता वर्षमान पुन निकट नेता हुन् । उनी लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री समेत हुन् ।
अध्यक्ष र सदस्यहरू चयन गरे पनि अन्य पदाधिकारीहरू माओवादीले टुंगो लगाउन सकेको छैन ।
माओवादीले प्रदेश समिति २१७ सदस्यीय बनाए...