अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकार’ले ४ घण्टामा विराटनगरदेखि सगरमाथा पुग्न सकिने कार्यक्रम सरकारले ल्याएको बताएका छन् ।
शुक्रवार मोरङको विराटनगरमा मोरङ व्यापार संघको ६५औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले ४ घण्टामा विराटनगरदेखि सगरमाथा पुर्याउने आफ्नो लक्ष्य रहेको बताए ।
बाह्य पर्यटकलाई ल्याउन सो योजना कार्यान्वयनमा सरकार रहेको उनले बताए । सिमानाको जनसंख्यालाई आधार मानेर सो कार्यक्रम ल्याएको उनले बताए ।
‘लोडसेटिङ अन्त्य गर्छु भन्दा मलाई धेरैले हावादारी भनेका थिए,’ उनले भने, ‘ध...