चुनावी घोषणापत्रमा एमालेका ६ संकल्प

९ वैशाख, काठमाडौं । नेकपा एमालेले आफ्ना जनप्रतिनिधिले सदाचारको दृष्टान्त स्थापित गर्ने बताएको छ । ३० वैशाख २०७९ को स्थानीय तह निर्वाचका लागि एमालेले शुक्रबार घोषणा पत्र सार्वजनिक गरेको छ, जसमा ६ संकल्प गरिएको छ । · हाम्रा जनप्रतिनिधि शासन होइन, जनताका सेवक हुनेछन् · हाम्रा जनप्रतिनिधिहरु सामाजिक जागरण र विकासका अभियान्ता हुनेछन् । · […]

सम्बन्धित सामग्री

अभियानबाट देश र जनताको हित सोच्नेलाई उत्साहित बनायौं : केपी ओली

१ पुस, पाँचथर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितलाई सर्वोपरी ठान्नेहरुमा मध्यपहाडी संकल्प यात्राले उत्साहित बनाएको बताएका छन् । पाँचथरको चिवाभञ्ज्याङ पुगेर संकल्प यात्रा समापन गर्दै ओलीले भने, ‘संकल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको छ । देश र जनताको हितलाई सर्वोपरी ठान्नेहरुको मनोबल उच्च बनाएको छ ।’ संकल्प […]

एमालेले देश र जनताको पक्षमा संकल्प यात्रा गरेको हो : ओली

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले देश र जनताको हितको पक्षमा समृद्धिका लागि संकल्प यात्रा अघि बढाएको बताएका छन्। देश र जनताको हितका लागि विकासको अभियानलाई तीव्रता दिन एमालेले सो संकल्प यात्रा शुरु गरेकाले त्यसमा सबैले साथ दिनुपर्ने ओलीको भनाइ थियो।मंगलवार ओलखढुंगाको हर्कपुरमा आयोजित सभामा उनले देश र जनताको हितमा एमालेले राष्ट्रव्यापी अभियान सञ्चालन गरेकाले त्यसबाट कसैले पनि चित्त दुखाउनुपर्ने अवस्था नरहे

एमालेको संकल्प यात्राले नदेखेको बाटो

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत मंसिर १४ गतेदेखि संकल्प यात्रामा छन्। सुदुरपश्चिम बैतडीको झुलाघाटबाट संकल्प यात्रा सुरु गरेका ओली अहिले गण्डकी प्रदेश आइपुगेका छन्। जनतासँग सहकार्य गर्ने, जनतासँग संकल्प गर्ने र समृद्धिका लागि एमालेले गर्न चाहेको कामबारे अन्तरक्रिया गर्ने अठोटसहित ओली मध्यपहाडी लोकमार्ग यात्रामा निस्केका हुन्। एमालेको तीन साता चल्ने पुष्पलाल मध्यपहाडी यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिनेछ। एमालेले २०७३ सालपछि लामो संकल्प यात्रा

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा संकल्प प्रस्तावबारे छलफल

काठमाडाैँ- संसदमा पेश गरिएका संकल्प प्रस्ताव कार्यान्वयनका लागि सरकार बाध्य हुनेगरी नियमावलीमा व्यवस्था मिलाउन प्रतिनिधिसभाका सांसदहरू सहमत भएका छन्। सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा बोल्दै नेकपा एमालेका उपाध्यक्ष एवम सांसद सुवाष नेम्वाङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले संसदमा पेश गरिएको संकल्प प्रस्ताव कार्यान्वयनका लागि […]

यात्रा गठबन्धनको, संकल्प समाजवादको मिलेन : एमाले महासचिव

१३ असार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग गठबन्धनको यात्रा गरेर समाजवादको संकल्प गर्न नमिल्ने बताएका छन् । नरबहादुर कर्मचार्य फाउण्डेसनले सोमबार ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषय अन्तरक्रिया कार्यक्रम राखेको थियो, जसमा प्रमुख दलका शीर्ष नेताहरु वक्ता छन् । सत्तारुढ पाँचदलीय गठबन्धनका नेताहरुले आगामी चुनावसम्म गठबन्धनलाई निरन्तरता दिइने बताए । […]

एमाले जनप्रतिनिधि भेलाको संकल्प : निष्पक्ष काम गर्ने

काठमाडौं : नेकपा एमालेबाट देशभरिका पालिकामा निर्वाचित जनप्रतिनिधिहरूले निष्पक्षता र योग्यताका आधारमा मात्र अब कुनै पनि नियुक्ति वा सरुवा बढुवा गर्ने र आफूले सेवा दिँदासमेत यसलाई आधार बनाउने संकल्प गरेका छन् ।एमालेका जनप्रतिनिधिको काठमाडौंमा भएको दुईदिने भेलाले यो संकल्पपत्र जारी गरेको हो। भेलाले जारी गरेको २० बुँदे काठमाडौं संकल्पपत्रमा जनप्रतिनिधिका परिवार, आफन्त र स्वार्थ जोडिएका व्यक्तिको पक्षमा काम नगर्नेसमेत उल्लेख गरिएको छ।एमाले जनप्रतिनिधिहरूले

एमाले जनप्रतिनिधिको २ दिने भेला : २० बुँदे काठमाडौं संकल्पपत्र जारी

नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले २० बुँदे काठमाडौं संकल्प जारी गरेका छन् । बिहीबारदेखि सुरु राजधानीमा आयोजित २ दिने भेलाबाट उनीहरुले २० बुँदे काठमाडौं संकल्प जारी गरेका हुन् । जारी संकल्प पत्रमा उनीहरुले आफुहरु शासक होइन, जनताको सेवक बन्ने, आफुहरुको नेतृत्वमा रहेका पालिकाहरुमा सुशासनका नमूना बनाउने, सदाचारमा नमूना बन्ने, कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने लगायतका बुँदाहरु रहेका छन् । संकल्प पत्रमा सरकारी सवारी साधन, इन्धन र सरकारी स्रोतलाई मितव्ययी ढंगले र सार्वजनिक हितमा

एमाले जनप्रतिनिधिको संकल्प : निष्पक्षता र योग्यताका आधारमा नियुक्ति

३ असार, काठमाडौं । नेकपा एमालेका जनप्रतिनिधिहरुले नियुक्ति, सरुवा–बढुवा र सेवा प्रवाहमा निष्पक्षता र योग्यतालाई आधार बनाउने संकल्प गरेका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको काठमाडौंमा भएको दुई दिने भेलाबाट जारी काठमाडौं संकल्पपत्रमा परिवार, आफन्तजन र स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण नगर्ने उल्लेख छ । २० बुँदे संकल्पपत्रमा लेखिएको छ, ‘आफूले कुनै भ्रष्टाचार गर्नेछैनौं र कडाइका साथ […]

विद्यार्थी नेत्री सुनिता बरालको किताब ‘समृद्धिप्रतिको संकल्प’ सार्वजनिक

काठमाडौँ– अनेरास्ववियुकी निवर्तमान केन्द्रीय उपाध्यक्ष सुनिता बरालले लेखेको पुस्तक ‘समृद्धि प्रतिको संकल्प’ विमोचन भएको छ। एमालेका नेता ईश्वर पोखरेलले उनको पुस्तक विमोचन गरेका हुन्। एमालेका नेता ईश्वर पोखरेलका अनुसार पुस्तकले लोकतन्त्र र गणतन्त्र कस्तो हुनुपर्छ भनेर दृष्टिकोण दिएको, नेपाल कम्युनिष्ट पार्टी एमालेको जनवादको बारेमा सप्रसंग व्याख्या गरेको उल्लेख गरेका छन्। राजनीतिक पार्टीमा नेतृत्व निर्माण कसरी […]