काठमाडौं । महाशिवरात्रिको साँझ पशुपतिनाथ मन्दिरबाट मृगस्थलीतर्फ जाँदा बागमती नदीमाथि बनाइएको पक्की पुलको पर्खाल भत्किएको छ । पुलको पर्खाल भत्किँदा दुई जना घाइते भएका छन् । पशुपतिनाथ मन्दिरबाट मृगस्थलीतर्फ जान बागमती नदीमाथि बनाइएको पुराना दुई पुलमध्ये पुल नम्बर १ को छेउको पर्खाल मंगलबार साँझ भत्किँदा भक्तजनहरुको बिचल्ली भएको थियो । त्यसबेला पुलमा धेरै मानिस भए […]