१५० सीसीको आकर्षक मोटरसाइकल अहिले चर्चामा

काठमाडौं । साना मोटरसाइकल पनि निकै आकर्षक डिजाइनमा आउन थालेका छन् । यस्तै एउटा मोटरसाइकल चिनियाँ कम्पनीले बजारमा ल्याएको छ । चिनियाँ कम्पनी जोङसेन मोटर्सले जोङसेन १५० आर मोटरसाइकल बजारमा ल्याएको हो । करिब १ लाख ६३ हजार नेपाली रुपैयाँमा चीनमा विक्री सुरु भएको यो मिनि मोटरसाइकल लाइफ स्टाइल प्रोडक्टको रुपमा बजारमा आएको हो । […]

सम्बन्धित सामग्री

नेपालमै बन्छन् प्रिमियम मोटरसाइकल, यी हुन् उत्कृष्ट ४ मोडल

काठमाडौं । महंगो मूल्य र आकर्षक फिचर प्रिमियम मोटरसाइकलको मुख्य विशेषता हो । सँगै पावर र पर्फर्मेन्सलाई पनि प्रिमियमसँग जोडेर हेर्ने गरिन्छ । अहिले बजारमा ठिकटाक मूल्यमा पाइने प्रिमियम मोटरसाइकल यही उत्पादन हुन थालेसँगै मूल्य पनि केही राम्रो पाउन थालिएको छ । मूल्य कम भएसँगै युवाहरुको आकर्षण यस्ता मोटरसाइकलमा हुनु स्वाभाविक नै हो । प्रिमियम […]

मासिक ५ हजारभन्दा कम किस्तामा होन्डाको नयाँ मोटरसाइकल

काठमाडौं । जापानी दुई पाङ्ग्रे निर्माता कम्पनी होन्डा नेपालमा सफल ब्राण्ड हो । स्कुटर र मोटरसाइकलमा अलग पहिचान निर्माण गरेको होन्डाले अहिले पनि २ लाख ८ हजार ९०० मूल्य पर्ने मोटरसाइकल उपलब्ध गराउँदै आएको छ । कम मूल्य, उत्कृष्ट माइलेज र आकर्षक डिजाइनका लागि होन्डाका साना मोटरसाइकल परिचित छन् । होन्डाले ल्याएको साइन, सिबी साइन, […]

इलेक्ट्रोनिक सामान र सवारीसाधनमा अफरै अफर

काठमाडौं। इलेक्ट्रोनिक सामान र सवारीसाधन जोड्नेलाई चाडपर्वहरू अवसर बन्ने गरेका छन् । पहिले विलासी मानिने टेलिभिजनदेखि चारपांग्रे र दुईपांग्रे सवारीसाधन अहिले आवश्यक बनिसकेको छ । दशैंका बेला किनमेल गर्दा छूट एवं सुविधा पाइने अपेक्षा उपभोक्ताको हुने भएकाले उत्पादक र विक्रेता कम्पनीले पनि दशैंतिहार लक्षित योजना र अफर सार्वजनिक गर्ने गरेका छन् । यसपालिको दशैंमा पनि त्यस्ता योजना प्रशस्त मात्रामा आएको देखिन्छ ।  छूटमा इलेक्ट्रोनिकतर्फ नेपालमा लोकप्रियता कमाएको सामसङ कम्पनीले आफ्नो क्रिस्टल यूएचडी टीभी र क्यूएलईडी टीभी सेटको नयाँ लाइन–अप, २०२३ सी–सिरिज टीभीहरू ल्याएको छ । यो सिरिजको टीभी दशैंतिहारको लागि भनेरै ल्याइएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार नयाँ लाइन–अपका टीभीहरू ४३ इन्चदेखि ८५ इन्चसम्ममा उपलब्ध छन् । बजारमा आएका नयाँ २०२३ क्रिस्टल यूएचडी र क्यूएलईडी टीभीमा सामसङका फ्ल्यागसिप फिचरहरू छन् । यी टीभीमा सामसङको सिग्नेचर नक्स सेक्युरिटी, बिल्ट–इन एआई भ्वाइस असिस्टेन्ट बिक्स्बी, स्मार्टथिन्ग्स एपको एक्सेस र स्लिमफिट क्यामको साथ भिडियो कल गर्न मिल्ने सुविधा समेत छ । यी टीभीहरूमा काल्म अनबोर्डिङ र अटो ब्राइटनेस एडजस्ट गर्न आईओटी लाइट सेन्सरको सुविधा दिइएको छ । सी–सिरिजका टीभीहरू वातावरणलाई ध्यानमा राखेर डिजाइन र निर्माण गरिएको कम्पनीको भनाइ छ । यसका धेरै पार्टपुर्जा पुन: नवीकरण गरिएको हुनुका साथै सोलार सेल रिमोट र एआई एनर्जी सेभिङको पनि प्रयोग गरिएको बताइएको छ । अरु सुविधा समेटेर सामसङले आफ्ना प्रयोगकर्तालाई एक असल कनेक्टेड अनुभव प्रदान गरेको दाबी गरिएको छ । कम्पनीले ३१ डिसेम्बर २०२३ भित्र किनिएका सबै २०२३ टीभीमा ३ वर्षको पूर्ण वारेन्टी उपलब्ध गराएको छ । ‘आधुनिक नेपाली उपभोक्ता हामीसँगै विकसित भएका छन् । र उनीहरू आफ्नो लागि अझ राम्रा उत्पादन खोज्छन् । त्यसैले हामीले ग्राहकले अनुपम गुणस्तर र उत्कृष्ट अनुभव पाउन सक्ने सबै कुरा ल्याएका छौं,’ सामसङ नेपालका कन्जुमर इलेक्ट्रोनिक्सका महाप्रबन्धक आलोककुमार गुप्ताले भने, ‘हामी ग्राहकका घरमा कनेक्टेड एक्सपिरियन्स ल्याउन सक्षम छौं, जुन हाम्रा ग्राहकले आरामसँग अनुभव गर्नुहुनेछ भनेर हामीले विश्वास गरेका छौं । नयाँ २०२३ टीभीहरूले हाम्रा प्रयोगकर्तालाई परिष्कृत अनुभव प्रदान गर्नेछन् ।’ नेपाली बजारमा परिचित सिजी इलेक्ट्रोनिक्सले पनि चाडपर्व अफर ल्याएको छ । खासगरी नेपालमा एलिकाका उत्पादनको एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको ईओएल प्रालिले यसपालिको दशैं, तिहार र छठलाई लक्षित गरी ल्याएको ग्राहक योजनामा उपहार समेत राखिएको छ ।  अफरअन्तर्गत एलिकाको कुनै पनि सामान (चिम्नी, कुक टप, हब, कुकिङ रेन्ज, बिल्ट–इन ओभन, बिल्ट–इन माइक्रोवेभ ओभन) खरीदमा सिजी ब्रान्डको भ्याकुम फ्लास्क उपहार स्वरूप दिने गरिएको छ । यो ग्राहक योजना गत भदौ २८ देखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ । एलिका १९७० मा स्थापित इटालियन कम्पनी हो । यसले किचन हुड, इन्डक्सन हब र बोइलर डिजाइन र निर्माण गर्दछ । कम्पनीको इटाली, पोल्यान्ड, मेक्सिको, भारत र चीनमा सातओटा प्लान्ट छन । त्यस्तै सवारीसाधान विक्रेता तथा उत्पादकहरूले चाडपर्वलाई लक्ष्य गरेर नयाँ नयाँ सवारीसाधनका साथै अफर ल्याएका छन् । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बडादशैं, तिहार र छठ पर्व २०८० को अवसरमा अफर ल्याएको छ । ‘टाटा मोटर्स बडादशंै बडा अफर’मा ग्राहकले टाटा आइस रेन्जका गाडी खरीदमा ७ लाख ३० हजार रुपैयाँसम्मको फाइदा पाउन सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यस योजनामा नगद छूट, वार्षिक सवारी कर छूट, एक वर्षको बीमा सुविधा, एक्सचेन्ज बोनस र एसेसोरिजहरू पाउन सक्ने बताइएको छ । यसका साथै टाटा इभी गाडीमा पनि आकर्षक अफर छन् । बडादशैंको अवसरमा टाटा मोटर्सको सोरुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन एच फाइभ, सफारी, नेक्सन, टियागो, टिगोर, पन्च, नेक्सन इभी, टिगोर इभी र टियागो इभीलगायत आइस र ईभी रेन्जका गाडी अवलोकन र टेस्ट ड्राइभ गर्न सकिने बताइएको छ । त्यस्तै होन्डाले पर्वलाई लक्ष्य गरी ‘दशैंमा १० लाख’ योजना ल्याएको छ । होन्डा टू ह्विलर्सको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ल्याएको ‘दशैंमा १० लाख’ नामक ग्राहकमुखी उपहार योजनामा होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरीदमा ग्राहकले स्क्र्याच कुपनमार्फत १० लाख रुपैयाँसम्म नगद जित्न सक्ने बताइएको छ । यसका साथै ‘चुज योर स्किम’ योजनाअन्तर्गत ग्राहकले १० हजार रुपैयाँसम्मको थप स्क्र्याच कार्ड पाउन सक्ने वा १२ हजार ५०० रुपैयाँबराबरको पाँचवर्षे एएमसी प्याकेज पाउन सक्ने जनाइएको छ ।  ग्राहकलाई अझ आकर्षक योजना प्रदान गर्ने उद्देश्यले ‘रु. १ फाइनान्स योजना’मा पनि ‘दशैंमा १० लाख’ योजना उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ । साथै, होन्डा बिग बाइकको खरिदमा एक लाख रुपैयाँसम्मको छूट पनि उपलब्ध हुने कम्पनीले बताएको छ । त्यस्तै नेपालका लागि युरोपियन कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लू एक्सपान्जेले दशैंतिहारलाई लक्ष्य गरी स्कोडा ‘फाइभ स्टार अफर’ ल्याएको छ ।  कम्पनीका अनुसार स्कोडाले फाइभ स्टार अफरमा आफ्ना ग्राहकका लागि पाँचओटा फाइदा उपलब्ध गराउनेछ । उक्त अफरले स्कोडा वनरसिपलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै यात्रालाई थप स्मरणीय, सुरक्षित र रोमाञ्चक बनाउने कम्पनीको दाबी छ । कम्पनीले ग्राहकलाई पहिलो अफरका रूपमा स्कोडा फाइनान्सिङमा पाँच वर्षका लागि निश्चित बजारमा सबैभन्दा कम ८ दशमलव ९९ प्रतिशत ब्याजदर उपलब्ध गराउनेछ । यसका साथै स्कोडाले एक वर्षका लागि नि:शुल्क इन्स्योरेन्स दिनेछ, जसले हरेक यात्रालाई तनावरहित बनाउने कम्पनीको भनाइ छ । त्यसैगरी स्कोडाले फेस्टिभ अफरमा जुनसुकै ब्रान्डको पुरानो गाडीको सहज एक्सचेन्ज र एक्सचेन्ज बोनस पनि उपलब्ध गराउनेछ । यसका साथै, दशैंतिहारमा स्कोडा किन्ने ग्राहकले स्कोडाको जेन्युइन एसेसोरिज पाउनेछन् । पुरानो स्कोडा बेचेर नयाँ स्कोडा चढ्न चाहनेका लागि एमएडब्लू एक्सपान्जेले धन्यवाद स्वरूप लोयल्टी बोनस पनि दिने कम्पनीले जानकारी दिएको छ । ‘स्कोडाले सदा आफ्नो ग्राहकको हितलाई केन्द्रमा राख्दै आएको छ । स्कोडाको यो फाइभ स्टार अफरले सुरक्षित यात्रालाई पहिलो प्राथमिकता दिँदै ग्राहकलाई मूल्य, गुणस्तर र अद्वितीय अनुभवप्रति हाम्रो प्रतिबद्धतालाई प्रमाणित गर्छ,’ एमएडब्लू एक्सपान्जेका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘हामी यो अफरको फाइदा उठाउन नजिकैको स्कोडा सोरुममा आएर स्कोडाका सुरक्षित कारको टेस्ट ड्राइभ गर्न अनुरोध गर्दछौं ।’

मूल्यमा ठूलो अन्तर, फिचरमा कडा टक्कर भएका दुई मोटरसाइकल

काठमाडौं । मोटरसाइकल बिक्रीको आधारमा नेपाल निकै राम्रो बजार मानिन्छ । यहाँ नयाँ मोटरसाइकल किन्ने र चढ्ने मान्छेको संख्या बढ्दै गएको छ । कुनै समय १५० सीसीसम्मका मोटरसाइकलको बिक्री उच्च हुने गरेकोमा अहिले त्यही सेग्मेन्टमा स्कुटरको बिक्री उच्च छ । मोटरसाइकल किन्नेले २०० सीसी माथिका मोडललाई रुचाउन थालेका छन् । नेपाली बजारमा आकर्षक बनावट, उच्च […]

यस्तो हुनुपर्छ स्थानीय सरकार

नेपालको संविधान–२०७२ ले तीन तहगत सरकारको व्यवस्था गरेको छ । त्यसमध्ये नागरिकको दिनचर्यासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकार हो । स्थानीय निकाय पहिला पनि थिए । तर, विकेन्द्रीकरण थिएन । संघीयता विकेन्द्रीकरणमात्र होइन, विकासको चाहना र यसको प्राप्ति र प्रत्याभूतिका जुर्मुराहट पनि हो । तहगत सरकार अन्य देशहरूमा पनि छन् । तहगत सरकार सञ्चालनमा खर्चको भार र भ्रष्टाचार पनि बढेको भन्ने छ । तर, यो संघीयताको दोष होइन, कार्यान्वयन उचित तरीकाले नहुँदा समस्या भएको हो । आधारभूत आवश्यकता पनि समाजमा वर्गका आधारमा फरकफरक हुन सक्छ । जस्तो कि, निम्न आर्थिक अवस्थाका बासिन्दा र निम्न मध्यम र मध्यम वर्गका आवश्यकतामा भिन्नता हुन्छ । पहिलो खाने पानीको आपूर्ति भए पुग्थ्यो । अहिले गुणस्तरीय पानी चाहिएको छ । स्थानीय तहले जनतामा विकासको चाहना जागृत गराएको छ । यो आफ्नो क्षेत्रमा विकासको पहिचान र सहभागिताका लागि उपयुक्त अभ्यास हो । भ्रष्टाचार हुन नदिन नागरिक समाजले खबरदारी गर्नुपर्छ । हामीकहाँ स्थानीय सरकार सञ्चालन भएको ५ वर्ष भए पनि अपेक्षित रूपमा सक्रिय हुन भने सकेको छैन । प्रदेश सरकारमा पनि यो समस्या छ । प्रारम्भिक चरण भएकाले यो समस्या भएको हो, यो समाधान भएर जान्छ । हामीले ल्याएको संघीयतालाई कसरी प्रभावकारी रूपमा अगाडि बढाउने त्यसमा सोच्न आवश्यक छ । स्थानीय सरकारमा राजनीतिक प्रतिस्पर्धाको अभ्यास छ । त्यसकै आधारमा चुनाव भएको छ । यसले स्थानीय तह सञ्चालकलाई दलीय आग्रहमा विभाजित गरिरहेको छ । यसले दक्षता र एजेन्डालाई ओझेलमा पारेको छ । राजनीतिक आग्रहका आधारमा पक्ष र विपक्ष भइरहेको छ । यसले भद्रगोल अवस्था सृजना भएको छ । विगतमा कर्मचारीले चलाउँदा र अहिले जनताका प्रतिनिधिले स्थानीय सरकार चलाउँदाको अनुभूति खासै फरक हुन सकेको छैन । स्थानीय सरकारको सेवा प्रवाह र योजनाबाट समाज अपेक्षित सन्तुष्ट छैन । समाजमा विभिन्न तह छ । तहअनुसार मानिसका आकांक्षा र आवश्यकता पनि फरक हुन्छन् । स्थानीय सरकारले सबैको चाहना मिलाएर कसरी अघि बढ्ने ? यो मुख्य प्रश्न हो । आज पनि सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, सरसफाइ, विद्युत्जस्ता कुराकै आवश्यकता पूरा हुन सकेको छैन । ५० वर्षअघिदेखि आजसम्म आधारभूत आवश्यकताको आपूर्तिमै अलमलिएको अवस्था छ । अहिले स्थानीय तहको विकासमा अन्य तहसँग तुलना गरेर हेर्ने परिपाटी छ । आफ्नो आवश्यकता के हो ? त्यसको परिपूर्ति कसरी गर्ने भन्नेमा काम हुन सकेको छैन । आधारभूत आवश्यकतालाई एउटा तहसम्म पुर्‍याएर त्यसमाथिको विकासमा केन्द्रित हुनुपर्छ । यसमा स्थानीय सरकार योजनाबद्ध तरीकाले अघि बढ्नुपर्छ । हामीकहाँ सबै खालका योजनामा हात हाल्ने र देखावटी कुरामात्र बढी गर्ने काम भएको छ । स्थानीय तहलाई संघीय र प्रदेश सरकारबाट सशर्त पैसा आउँछ । यसले स्थानीय आवश्यकतालाई सम्बोधन नगर्न पनि सक्छ । स्थानीय शासकले आफ्नो योजना र आर्थिक स्वायत्ततामा ध्यान दिनुपर्छ । यसका लागि आन्तरिक आयमा सुधार आवश्यक छ । आफ्नो आयस्तर बलियो भएमा शर्त अस्वीकार गर्ने क्षमता अभिवृद्धि हुन्छ । अहिले ठाउँठाउँमा भ्यू टावर, प्रवेशद्वार, सौन्दर्यीकरणको होडजस्तै देखिएको छ । अरूले दिएको सहयोग आफ्नो प्राथमिकतामा पर्दैन भने त्यसलाई अस्वीकार गर्ने वा आफ्नो शर्तमा सहमत बनाउन पहिला आफ्नो आर्थिक स्रोत बलियो हुनुपर्छ । स्रोत बढाउन व्यापार, उद्यम, रोजगारी बढ्नुपर्छ । स्थानीयलाई कुनै न कुनै आय आर्जनको उपायमा आबद्ध गर्नुपर्छ । आर्थिक सम्भाव्यतामा प्रत्येक स्थानीय तहका आआफ्नै विशेषता हुन्छन् । जस्तो कि, वीरगञ्ज औद्योगिक र व्यापारको शहर हो भने यहाँ उद्योग र व्यापार आर्जनको माध्यम हो । पोखरा, काठामाडौं, जनकपुरजस्ता शहर पर्यटकीय महत्त्वका छन् । पर्यटन हामीकहाँ मूल रूपमा मनोरञ्जन र आस्था २ प्रकारका छन् । पर्यटकलाई लोभ्याउन आकर्षक गन्तव्य बनाउनुपर्छ । धार्मिक आस्थाका आधारमा आउने पर्यटकका लागि आस्था जन्माउनुपर्छ । स्थानीय सरकारले आफ्नो विशेषताअनुसार आय आर्जनका क्षेत्र बनाउने र त्यसलाई दोहन गर्नुपर्छ । योजनै नबनाउने अनि पैसा आएन भनेरमात्र हुँदैन । अहिलेसम्म पनि स्थानीय सरकारमा यो क्षमता देखिएको छैन । आवश्यकताअनुसार सहयोग र ऋण लिने अधिकार स्थनीय सरकारमा हुनुपर्छ । स्थानीयको आवश्यकता र उपभोगका सेवा प्रवाहलाई स्थानीय सरकारले आफ्नो अधिकार क्षेत्रमा राख्नुपर्छ । जस्तै, सडक संघीय सरकारको क्षेत्राधिकार भनिएको छ । स्थानीय सरकार अहिलेसम्म संघ सरकारको सडक नपुगेको क्षेत्रमा मात्रै प्रवेश गरेको छ । सडक भनेको पारवहन हो । पारवहन आफैमा आयको एउटा ठूलो स्रोत हो । पारवहनलाई गुणस्तरीय बनाउनुपर्छ । विद्युत् आपूर्ति संघ सरकारको हो भनिन्छ । उपयुक्त तरीकाले सेवा आएको छैन भने स्थानीय सरकारले जिम्मा लिनुपर्छ । कुनै हूलदंगा नै भयो भने यो मेरो काम होइन भनेर तत्कालीन नियन्त्रणको दायित्वबाट स्थानीय सरकार पन्छिन मिल्दैन । स्थानीय सरकारले अधिकार क्षेत्रको नाममा यसमा कुरामा लाचारी देखाउनु हुँदैन । कानूनी रूपमा मिलेको छैन भने त्यसलाई सुधार गरिनुपर्छ । यो मामिलामा स्थानीय सरकार उदासीन देखिएका छन् । आधारभूत आवश्यकता पनि समाजमा वर्गका आधारमा फरकफरक हुन सक्छ । जस्तो कि, निम्न आर्थिक अवस्थाका बासिन्दा र निम्न मध्यम र मध्यम वर्गका आवश्यकतामा भिन्नता हुन्छ । पहिलो खाने पानीको आपूर्ति भए पुग्थ्यो । अहिले गुणस्तरीय पानी चाहिएको छ । स्तरीय स्वास्थ्य सेवाको खाँचो महसूस भइरहेको छ । शिक्षाको नाममा देशको पैसामात्र होइन, जनशक्ति पनि बाहिरिएको छ । यस्तोमा सेवा र पूर्वाधारका आधारमा स्थानीयको जीवनस्तर उठाउन आवश्यक छ । न्यूनतम आवश्यकता पूर्ति गरेरमात्र हुँदैन । आजको समयसापेक्ष सेवा र सुविधा दिन सक्नुपर्छ । कुनै पनि शहरमा सार्वजनिक यातायात सहज छैन । त्यसैले मोटरसाइकल र गाडी किन्ने अवस्था भयो । यसमा स्थानीय सरकारले सोचेको छ ? सडक, फुटपाथ व्यवस्थित छैनन् । सडक सडकजस्ता छैनन्, ट्र्याकमात्र बनेका छन् । सवारी सञ्चालन (चालक) रोजगारी ठूलो क्षेत्र हो । चालकको दक्षतामा ध्यान दिइएको छैन । नेपालले दिएको सवारी चालक अनुमतिपत्रलाई अरू देशले किन मान्यता दिँदैन ? यसमा स्थानीय सरकारले काम गर्नुपर्छ । अहिले वृद्ध र असहायलाई नगद र जिन्सी सामान बाँडिन्छ, यस्तो वितरणले प्राप्त गर्नेलाई आत्मसम्मान दिन सक्दैन । उनीहरूलाई आफ्नो दयनीय स्थितिको अनुभव हुन्छ । त्यही सहयोगलाई उनीहरूका लागि आय आर्जनका उपायमा रूपान्तरण गर्न स्थानीय सरकारले किन काम गर्न सकेको छैन ? स्थानीय सरकारले स्थानीय बासिन्दाको जीवनस्तर उकास्ने नीति लिनुपर्छ । उन्नत जीवनस्तरका लागि आपसी सौहार्दता चाहिन्छ । प्रदूषणमुक्त स्तरीय आवासलाई कानून नै बनाएर व्यवस्थित गर्नुपर्छ । शहरमा हाउजिङका घर पुरानो जमानाका छन् । नयाँ शहरमा पनि कुनै मापदण्ड छैन । जहाँ जमीन खाली छ, त्यहाँ जे बनाए पनि भएको छ । हिजो जे भयो, अब त्यस्तो हुनु हुँदैन । अहिले गाउँ छोड्ने प्रवृत्ति बढेको छ । यस्तोमा ग्रामीण क्षेत्रलाई नै शहरमा रूपान्तरण गर्ने कि गाउँका बासिन्दालाई शहरमा ल्याउने ? यसमा हाम्रो नीति के हो भन्नेमा स्पष्ट हुन आवश्यक छ ? शहरीकरणसँगै गरीब बस्ती, केही नराम्रा काम र वर्ग विभाजन हुन्छ । त्यस्तो नहोओस् भन्नेतर्फ स्थानीय सरकारले रणनीतिक हिसाबमा काम गर्नुपर्छ । स्थानीय सरकार र त्यहाँका बासिन्दाका बीच पनि अधिकार र कर्तव्यको व्यवस्था हुनुपर्छ । नागरिकमा नैतिक मूल्य हुनुपर्छ । यसका लागि सबैभन्दा पहिले शासक आफै नैतिकवान हुन जरुरी हुन्छ । स्थानीय सरकारले आफ्नो क्षेत्रमा कस्तो व्यापार व्यवसाय गर्न दिने वा नदिने भन्नेमा स्पष्ट नीति बनाउनुपर्छ । देहव्यापार, लागूऔषध, जुवा, मानव बेचबिखन र मदिराजस्ता व्यापार गम्भीर पाप हुन् । यस्ता गतिविधिलाई प्रतिबन्धित गरिनुपर्छ । जस्तो कि, भारतको विहारमा मदिरा बन्द गरियो । संयुक्त राज्य अमेरिकामा जोसुकैले बन्दुक राख्नसक्ने व्यवस्था छ । आज यसको दुरुपयोग बढेपछि प्रतिबन्ध लगाउनुपर्ने मत बलियो हुँदै गएको छ । संघ र प्रदेश सरकारले आफ्नो क्षेत्रमा कस्तो व्यापार गर्न दिने नदिनेमा स्थानीय सरकारले आफ्नै दृष्टिकोणअनुसार नीति बनाउनुपर्छ । व्यापारमा निजीक्षेत्र र सरकारी क्षेत्रको सन्तुलन हुनुपर्छ । कतिपय कुरा निजीक्षेत्रले गर्न सक्दैन भने कतिमा सरकार सफल हुँदैन । स्थानीय सरकारका प्राथमिकतामा गुणात्मकसँगै परिमाणात्मक परिवर्तनको आवश्यकता छ । सरकारले दिने सेवा युगसापेक्ष प्रविधियुक्त हुनुपर्छ । पुरानै अलमलले सुधार सम्भव छैन । अब विकासको परम्परागत गति होइन, जनताको आकांक्षाको सम्बोधनका लागि त छलाङ लगाउने क्षमता चाहिन्छ । यसका लागि शासकमा इमानदारीमात्र भएर पुग्दैन, दक्षता र दूरदृष्टिकोणको खाँचो खड्किएको छ । लेखक निम्बस समूहका अध्यक्ष हुन् ।

नेपाल आयो आकर्षक इलेक्ट्रीक मोटरसाइकल र स्कुटर (मूल्यसहित)

काठमाडौं । भारतीय इलेक्ट्रीक दुई पाङ्ग्रे ब्राण्ड ओडेसीका उत्पादन नेपाली बजारमा आएको छ । ओडेसीका इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधन इ-गो अटोमोटिभ्सले नेपाल ल्याएको हो । अहिले कम्पनीले एउटा मोटरसाइकल र एउटा स्कुटर ल्याएको छ । कम्पनीले ल्याएको मोटरसाइकल इभोक्वीस र स्कुटर रेसर मोडल नेममा आएको हो । कम्पनीले चाँडै कम्यूटर मोटरसाइकल पनि ल्याउने जनाएको छ […]

बेनेलीको १२५ सीसीको लियोनसीनो मोटरसाइकल चर्चामा

काठमाडौं । बेनेलीले सन् २०२२ मोडलको रुपमा देखाएको लियोनसीनो १२५ ले अहिले अन्तर्राष्ट्रिय जगतमा निकै ठूलो चर्चा पाइरहेको छ । कम्पनीले इक्मा मोटरसाइकल शो २०२१ मा यसलाई देखाएको थियो । लियोनसीनो ५०० बाट प्रेरित यो कम क्षमताको मोटरसाइकलमा दिइएको आकर्षक फिचरको कारण यसको चर्चा बढ्दै गएको हो । कम्पनीले यसमा अलोय ह्वील, सिंगल पिस सिट, […]

घुम्न आउने होइन त तालपोखरा ?

कुनै पनि कामकाजमा ल्याउन नसकिएको सानो पोखरी वर्षायाममा पानी भरिएर तालजस्तै बन्थ्यो र मोटरसाइकल, साइकल सिक्नेदेखि बालबालिको खेल मैदान बनेको थियो । चारैतिर फराकिलो तर प्रयोगविहीन यो पोखरी पर्यटकीय गन्तव्यस्थल बन्ला भन्ने कसैलाई लागेको थिएन । अहिले त्यो स्थलको स्वरुप नै फेरिएको छ । एक दशकपछि आज यहाँ कोही आयो भने यो त्यही स्थान हो, होइन चिन्दैन । दृश्य फरक छ, आकर्षक बनेको छ । कतिले यसो पोखरी हरेपछि भन्ने गर्छन् ‘ओहो, यो त फेवाताल जस्तै भएछ त !’ बाल्यावस्थामा ठूलो क्षेत्रफल ओगटेको फराकिलो पोखरीमा साथीहरु मिलेर खेल खेल्ने, रमाउने गरेको ठाउँलाई अहिले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालेपछि यस क्षेत्रमा व्यवसाय स्थापना गर्ने समेत बढेका छन् । यहाँसम्म आउने जाने पक्की सडक सुविधा पुगेको तालपोखरा पर्यटकीय पूर्वाधार निर्माण उपभोक्ता समितिका सचिव जनक भण्डारी बताउनुुहुन्छ । पोखराको फेवातालको अनुभूति दिने गरी पर्यटकीय पूर्वाधारका कार्य भएपछि अहिले रामपुरको पर्यटन विकासमा यसले इँटा थपिदिएको छ । एक सय पर्यटकीय गन्तव्यस्थलमा पनि सूचिकृत पर्यटकीय तालपोखरामा हालसालै विभिन्न स्तरोन्नतिका कार्य सम्पन्न भएपछि यसको सुन्दरताले पर्यटक लोभ्याउन थालेको छ ।