इलेक्ट्रोनिक सामान र सवारीसाधनमा अफरै अफर

काठमाडौं। इलेक्ट्रोनिक सामान र सवारीसाधन जोड्नेलाई चाडपर्वहरू अवसर बन्ने गरेका छन् । पहिले विलासी मानिने टेलिभिजनदेखि चारपांग्रे र दुईपांग्रे सवारीसाधन अहिले आवश्यक बनिसकेको छ । दशैंका बेला किनमेल गर्दा छूट एवं सुविधा पाइने अपेक्षा उपभोक्ताको हुने भएकाले उत्पादक र विक्रेता कम्पनीले पनि दशैंतिहार लक्षित योजना र अफर सार्वजनिक गर्ने गरेका छन् । यसपालिको दशैंमा पनि त्यस्ता योजना प्रशस्त मात्रामा आएको देखिन्छ ।  छूटमा इलेक्ट्रोनिकतर्फ नेपालमा लोकप्रियता कमाएको सामसङ कम्पनीले आफ्नो क्रिस्टल यूएचडी टीभी र क्यूएलईडी टीभी सेटको नयाँ लाइन–अप, २०२३ सी–सिरिज टीभीहरू ल्याएको छ । यो सिरिजको टीभी दशैंतिहारको लागि भनेरै ल्याइएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार नयाँ लाइन–अपका टीभीहरू ४३ इन्चदेखि ८५ इन्चसम्ममा उपलब्ध छन् । बजारमा आएका नयाँ २०२३ क्रिस्टल यूएचडी र क्यूएलईडी टीभीमा सामसङका फ्ल्यागसिप फिचरहरू छन् । यी टीभीमा सामसङको सिग्नेचर नक्स सेक्युरिटी, बिल्ट–इन एआई भ्वाइस असिस्टेन्ट बिक्स्बी, स्मार्टथिन्ग्स एपको एक्सेस र स्लिमफिट क्यामको साथ भिडियो कल गर्न मिल्ने सुविधा समेत छ । यी टीभीहरूमा काल्म अनबोर्डिङ र अटो ब्राइटनेस एडजस्ट गर्न आईओटी लाइट सेन्सरको सुविधा दिइएको छ । सी–सिरिजका टीभीहरू वातावरणलाई ध्यानमा राखेर डिजाइन र निर्माण गरिएको कम्पनीको भनाइ छ । यसका धेरै पार्टपुर्जा पुन: नवीकरण गरिएको हुनुका साथै सोलार सेल रिमोट र एआई एनर्जी सेभिङको पनि प्रयोग गरिएको बताइएको छ । अरु सुविधा समेटेर सामसङले आफ्ना प्रयोगकर्तालाई एक असल कनेक्टेड अनुभव प्रदान गरेको दाबी गरिएको छ । कम्पनीले ३१ डिसेम्बर २०२३ भित्र किनिएका सबै २०२३ टीभीमा ३ वर्षको पूर्ण वारेन्टी उपलब्ध गराएको छ । ‘आधुनिक नेपाली उपभोक्ता हामीसँगै विकसित भएका छन् । र उनीहरू आफ्नो लागि अझ राम्रा उत्पादन खोज्छन् । त्यसैले हामीले ग्राहकले अनुपम गुणस्तर र उत्कृष्ट अनुभव पाउन सक्ने सबै कुरा ल्याएका छौं,’ सामसङ नेपालका कन्जुमर इलेक्ट्रोनिक्सका महाप्रबन्धक आलोककुमार गुप्ताले भने, ‘हामी ग्राहकका घरमा कनेक्टेड एक्सपिरियन्स ल्याउन सक्षम छौं, जुन हाम्रा ग्राहकले आरामसँग अनुभव गर्नुहुनेछ भनेर हामीले विश्वास गरेका छौं । नयाँ २०२३ टीभीहरूले हाम्रा प्रयोगकर्तालाई परिष्कृत अनुभव प्रदान गर्नेछन् ।’ नेपाली बजारमा परिचित सिजी इलेक्ट्रोनिक्सले पनि चाडपर्व अफर ल्याएको छ । खासगरी नेपालमा एलिकाका उत्पादनको एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको ईओएल प्रालिले यसपालिको दशैं, तिहार र छठलाई लक्षित गरी ल्याएको ग्राहक योजनामा उपहार समेत राखिएको छ ।  अफरअन्तर्गत एलिकाको कुनै पनि सामान (चिम्नी, कुक टप, हब, कुकिङ रेन्ज, बिल्ट–इन ओभन, बिल्ट–इन माइक्रोवेभ ओभन) खरीदमा सिजी ब्रान्डको भ्याकुम फ्लास्क उपहार स्वरूप दिने गरिएको छ । यो ग्राहक योजना गत भदौ २८ देखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ । एलिका १९७० मा स्थापित इटालियन कम्पनी हो । यसले किचन हुड, इन्डक्सन हब र बोइलर डिजाइन र निर्माण गर्दछ । कम्पनीको इटाली, पोल्यान्ड, मेक्सिको, भारत र चीनमा सातओटा प्लान्ट छन । त्यस्तै सवारीसाधान विक्रेता तथा उत्पादकहरूले चाडपर्वलाई लक्ष्य गरेर नयाँ नयाँ सवारीसाधनका साथै अफर ल्याएका छन् । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बडादशैं, तिहार र छठ पर्व २०८० को अवसरमा अफर ल्याएको छ । ‘टाटा मोटर्स बडादशंै बडा अफर’मा ग्राहकले टाटा आइस रेन्जका गाडी खरीदमा ७ लाख ३० हजार रुपैयाँसम्मको फाइदा पाउन सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यस योजनामा नगद छूट, वार्षिक सवारी कर छूट, एक वर्षको बीमा सुविधा, एक्सचेन्ज बोनस र एसेसोरिजहरू पाउन सक्ने बताइएको छ । यसका साथै टाटा इभी गाडीमा पनि आकर्षक अफर छन् । बडादशैंको अवसरमा टाटा मोटर्सको सोरुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन एच फाइभ, सफारी, नेक्सन, टियागो, टिगोर, पन्च, नेक्सन इभी, टिगोर इभी र टियागो इभीलगायत आइस र ईभी रेन्जका गाडी अवलोकन र टेस्ट ड्राइभ गर्न सकिने बताइएको छ । त्यस्तै होन्डाले पर्वलाई लक्ष्य गरी ‘दशैंमा १० लाख’ योजना ल्याएको छ । होन्डा टू ह्विलर्सको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ल्याएको ‘दशैंमा १० लाख’ नामक ग्राहकमुखी उपहार योजनामा होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरीदमा ग्राहकले स्क्र्याच कुपनमार्फत १० लाख रुपैयाँसम्म नगद जित्न सक्ने बताइएको छ । यसका साथै ‘चुज योर स्किम’ योजनाअन्तर्गत ग्राहकले १० हजार रुपैयाँसम्मको थप स्क्र्याच कार्ड पाउन सक्ने वा १२ हजार ५०० रुपैयाँबराबरको पाँचवर्षे एएमसी प्याकेज पाउन सक्ने जनाइएको छ ।  ग्राहकलाई अझ आकर्षक योजना प्रदान गर्ने उद्देश्यले ‘रु. १ फाइनान्स योजना’मा पनि ‘दशैंमा १० लाख’ योजना उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ । साथै, होन्डा बिग बाइकको खरिदमा एक लाख रुपैयाँसम्मको छूट पनि उपलब्ध हुने कम्पनीले बताएको छ । त्यस्तै नेपालका लागि युरोपियन कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लू एक्सपान्जेले दशैंतिहारलाई लक्ष्य गरी स्कोडा ‘फाइभ स्टार अफर’ ल्याएको छ ।  कम्पनीका अनुसार स्कोडाले फाइभ स्टार अफरमा आफ्ना ग्राहकका लागि पाँचओटा फाइदा उपलब्ध गराउनेछ । उक्त अफरले स्कोडा वनरसिपलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै यात्रालाई थप स्मरणीय, सुरक्षित र रोमाञ्चक बनाउने कम्पनीको दाबी छ । कम्पनीले ग्राहकलाई पहिलो अफरका रूपमा स्कोडा फाइनान्सिङमा पाँच वर्षका लागि निश्चित बजारमा सबैभन्दा कम ८ दशमलव ९९ प्रतिशत ब्याजदर उपलब्ध गराउनेछ । यसका साथै स्कोडाले एक वर्षका लागि नि:शुल्क इन्स्योरेन्स दिनेछ, जसले हरेक यात्रालाई तनावरहित बनाउने कम्पनीको भनाइ छ । त्यसैगरी स्कोडाले फेस्टिभ अफरमा जुनसुकै ब्रान्डको पुरानो गाडीको सहज एक्सचेन्ज र एक्सचेन्ज बोनस पनि उपलब्ध गराउनेछ । यसका साथै, दशैंतिहारमा स्कोडा किन्ने ग्राहकले स्कोडाको जेन्युइन एसेसोरिज पाउनेछन् । पुरानो स्कोडा बेचेर नयाँ स्कोडा चढ्न चाहनेका लागि एमएडब्लू एक्सपान्जेले धन्यवाद स्वरूप लोयल्टी बोनस पनि दिने कम्पनीले जानकारी दिएको छ । ‘स्कोडाले सदा आफ्नो ग्राहकको हितलाई केन्द्रमा राख्दै आएको छ । स्कोडाको यो फाइभ स्टार अफरले सुरक्षित यात्रालाई पहिलो प्राथमिकता दिँदै ग्राहकलाई मूल्य, गुणस्तर र अद्वितीय अनुभवप्रति हाम्रो प्रतिबद्धतालाई प्रमाणित गर्छ,’ एमएडब्लू एक्सपान्जेका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘हामी यो अफरको फाइदा उठाउन नजिकैको स्कोडा सोरुममा आएर स्कोडाका सुरक्षित कारको टेस्ट ड्राइभ गर्न अनुरोध गर्दछौं ।’

सम्बन्धित सामग्री

जिभीको तिहार लक्षित अफर

अनलाइन बजार जिभीले ‘बबाल तिहार सेल’ अफर सुरू गरेको छ । यस योजना अन्तर्गत ९९ रूपैयाँ, एक सय ९९ रूपैयाँ, ८० प्रतिशतसम्म छुट तथा एक रुपैयाँ खेल अफर समावेश गरिएको छ ।सबै ९९ मा अफर अन्तर्गत ग्राहकले स्वास्थ्य, बच्चा र सौन्दर्य सम्बन्धी सम्पूर्ण समानहरू ९९ रूपैयाँमा पाउनेछन् । ८० प्रतिशतसम्म छुट अन्तर्गत जिभीमा सामान किन्दा […]

सामान किन्दा उपहार पाउने गोदरेजको दसैं अफर

भारतीय रेफ्रिजेरेटर ब्राण्ड गोदरेजले यसपालीको दसैं तिहारलाई लक्षित गर्दै ‘क्यासप्राइस’ नामक योजना सार्वजनिक गरेको छ ।यस योजनाअन्तर्गत ग्राहकले गोेदरेज होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहार प्राप्त गर्नेछन् । यो अफर ९ भदौदेखि सीमित अवधिका लागि नेपालभर पाइने कम्पनीले बताएको छ ।गोदरेजको सामान खरिदमा ग्राहकले २६ प्रतिशत सम्मको अधिकतम छुट पाउने छन्। यसका साथै अन्य […]

बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट

ईकमर्स प्लेटफर्म बिजबजारले नयाँ वर्ष अफर ल्याएको छ । यस अफर अन्तर्गत सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट पाउने छन् ।   यो स्किम  वैशाख महिनाभर लागू हुने कम्पनीले जनाएको छ । वैशाख महिनाभर ग्राहकले यो अफरको फाइदा उठाउन सक्ने छन् ।  साथै साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै...

नयाँ वर्षमा सस्तोडिलको आकर्षक छुट अफर

काठमाडौं । नयाँ वर्षको अवसरमा सस्तोडिलले एनएनवाई २०७९ नामक अफर सार्वजनिक गरेको छ । २९ चैतदेखि ३ वैशाखसम्म यो अफर लागू हुनेछ । यो अफरमा ग्राहकहरुले बैंक वा डिजिटल वालेटबाट भुक्तानी गरी अधिक छुटमा सामान खरिद गर्न पाउने छन् भने नि:शुल्क डेलिभरीको सुविधा पनि रहेको छ । सस्तोडिलबाट सामान खरिद गरी विभिन्न बैंकका डेबिट वा क्रेडिट […]

अफर र चिठ्ठाको नाममा ठगी गर्नेलाई कारबाही

चाडपर्वको बेला बजारमा अफरका नाममा कमसल सामान बिक्री गर्ने र चिठ्ठामार्फत ठगी गर्ने व्यवसायीलाई कारबाही गरिने भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा अफर दिएर उपभोक्ता ठगी गर्ने गरेको फेला परे तत्काल कारबाही गर्ने बताएको छ ।चाडपर्वको बेला बजारमा किनमेल बढी हुँदा व्यवसायीले विभिन्न अफर ल्याएर कमसल सामान दिएर उपभोक्ता ठग्ने […]

ग्यापुले ल्यायो चाडवाड अफर

नजिकिँदै गरेको चाडवाडलाई मध्यनजर गर्दै ईकमर्स कम्पनी ग्यापुले चाडवाड अफर ल्याएको छ । हिन्दु महिलाहरूको महान चाड तीजको अवसरमा विभन्न सामान ग्यापुमार्फत् खरिद गरेमा ग्राहकले ग्यापुबाट छुट र क्यासब्याक अफर पाउन सक्छन् ।ग्राहकले हिमालय बैंकबाट सामान खरिद गर्दा ५०० रूपैयाँसम्ममा १५ प्रतिशत छुट पाउनेछन्। यो छुट भदौ २२ गतेदेखि २४ गतेसम्म लागु हुनेछ । त्यस्तै, […]

नेचर सुपर मार्केटको तीज विशेष अफर

नेचर सुपर मार्केटले तीजलाई लक्षित गरेर ‘तीज विशेष अफर’ ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले सामान खरिदमा तीज विशेष उपहार प्राप्त गर्नेछन् । भदौ १५ गतेबाट सुरु भएको अफर भदौ ३१ गतेसम्म जारी रहने सञ्चालक तारामान धामीले जानकारी दिए ।अफर अन्तर्गत एक हजार ५ सय रुपैयाँदेखि २ हजार ४ सय ९९ सय रुपैयाँसम्मको सामान […]

सेल पेले ल्यायो ५ हजारको सामान किन्दा ५ सय क्यासब्याकको अफर

सेलपेले पाँच हजार वा त्योभन्दा बढीको सामान किन्दा पाँच सय क्यासब्याकको अफर ल्याएको छ ।

स्मार्टडोकोले मनसुन अफर सुरु गर्ने

काठमाडौं। ई–कमर्श कम्पनी स्मार्टडोकोले मनसुन अफर ल्याउने भएको छ। आईएमएस ग्रुपको लगानी भित्रिएपछि कम्पनीले मनसुन अफर ल्याउने भएको हो। मनसुन अफरमा हरेक दिन एक भाग्यशाली विजेताले एउटा सामसुङ घडी जित्ने छन्। यसका लागि ग्राहकले एक हजार ५०० रुपैयाँभन्दा बढीको सामान खरिद गर्नुपर्नेछ। यस्तै कम्पनीले आफ्ना ग्राहकलाई छुटको व्यवस्थासमेत यस अफरमा दिनेछ।