गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको पहिलो तीन महिना तुलना गर्दा उद्योगमा लगानी प्रतिबद्धता २७ दशमलव ९९ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको साउन–भदौ–असोजमा गत वर्षको तुलनामा उद्योगमा ३४ अर्ब १५ करोड रुपैयाँ लगानी प्रतिबद्धता कम भएको उद्योग विभागको तथ्यांक छ । गत आर्थिक वर्षको साउन–भदौ–असोजमा कुल १ खर्ब २२ अर्ब बराबरको लगानी प्रतिबद्धता हुँदा ८७ वटा स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए ।