सुर्खेत र हुम्ला विजयी

जुम्लामा सञ्चालित कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगितामा बुधबार को सुर्खेत र हुम्ला विजयी भएका छन् । पहिलो खेलमा सुर्खेतले मुगु जिल्लालाई ४–१ गोलले हरायो । दोस्रो खेलमा हुम्लाले जाजरकोटलाई २–० गोलले हरायो ।

सम्बन्धित सामग्री

चिसोले कालिकोट, डोल्पा, हुम्ला र मुगुका विद्यालय बन्द

सुर्खेत : चिसो अत्यधिक बढेपछि कालिकोट, डोल्पा, हुम्ला र मुगुका विद्यालय बन्द गरिएको छ।कर्णालीका हिमाली जिल्लामा मङ्सिरदेखि हिमपात तथा चिसोका कारण पठनपाठन प्रभावित हुने भएपछि विद्यालय बन्द गरिएको हो।अत्यधिक हिउँ पर्ने, स्थानीय खेतीपातीमा व्यस्त हुनुपर्ने, जडीबुटी संकलन गर्न जाने, विद्यालय जानुपर्ने बालबालिकालाई खर्क पठाउने तथा अभिभावकमा शिक्षाको कमीजस्ता कारणले यो समयमा विद्यालय बन्द हुने गरेका छन्।हुम्ला जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तिलकप्रसाद भट्टराईले प्रतिकूल मौसमका कारण बा

कर्मचारीसहित मतपेटिका ढुवानी गर्न हुम्ला पुग्यो सेनाको हेलिकप्टर

सुर्खेत : मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सामग्री ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको छ।उत्तरी नाम्खा गाउँपालिका–६ को लिमीका ३ मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचनमा खटिने कर्मचारीसहित मतपेटिका र मतपत्र ढुवानी गर्न थालेको हो।हिमपातले न्यालुलेक  बाटो अवरुद्ध भएपछि कर्मचारी र मतपत्र ढुवानीका लागि नेपाली सेनाको हेलिकप्टर हुम्ला पुगेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए।लिमीका ३ मतद

हुम्ला जिल्ला अस्पतालमै औषधी अभाव

सुर्खेत : ढुवानी समस्याका कारण हुम्ला जिल्ला अस्पतालमा औषधी अभाव भएको छ। नयाँ आर्थिक वर्षमा औषधि खरिद तथा प्रदेशबाट आपूर्ति नहुँदा अभाव भएको हो।  सिमकोट गाउँपालिका–८ का अनिल शाहीले अस्पतालमा औषधी नपाएपछि समस्यामा परेको बताइन्।  अस्पतालमा भर्ना भएर उपचार गरिरहेका बिरामीले पनि औषधी बाहिरबाट किनेर ल्याउनुपर्ने अवस्था रहेको उनले सुनाइन् । ‘सात जना बिरामी अस्पतालमा भर्ना भएर उपचार गरिरहेका छन्’, उनले भनिन्, ‘तर सबैले औषधि भने बाहिरबाट महँगोमा किनेर उपचार गर

हुम्ला र डोल्पामा एक सातादेखि हवाइ सेवा बन्द

सुर्खेत : हुम्ला र डोल्पामा एक सातादेखि हवाइ सेवा बन्द छ। मौसमयमा आएको खराबीका कारणका कारण हप्ता दिनदेखि हवाइ सेवा बन्द भएको हो।हवाइ सेवा समेत ठप्प भएपछि आफूहरू समस्यामा परेको सार्केगाड ४ का मनबहादुर रोकायले बताए। मंगलबार बिहान देखि कर्णालीमा भारी वर्षा सुरु भएका कारण हवाइ सेवा अझै केही दिन ठप्प हुने अनुमान छ।सुर्खेत र नेपालगञ्जबाट हुम्लाको लागि उडान हुँदै आएको छ। अधिकांश समय यी जिल्लामा निजी प्रदायक कम्पनीका जहाजले मात्र उडान भर्दै आएका छन्। नियमित उडान नहुँदा सर्वसाधारणले हेलिकप्टर समेत प

हुम्लाका घाइतेलाई सुर्खेत लगिँदै

काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका–२ स्थित महादेव मावि मतदान केन्द्रमा भएको झडपका क्रममा घाइते भएका कार्यालय सहयोगीलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेत तर्फ लगिँदै छ । ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य सामान्य घाइते भएको र कार्यालय सहयोगी काला रोकाया भने गम्भीर घाइते भएका कारण नेपाली सेनाको हेलिकप्टर हुम्ला तर्फ गएको नेपाली सेनाका […]

एमालेको हुम्ला जिल्ला अध्यक्षमा कलबहादुर हमाल सर्वसम्मत

१४ फागुन, सुर्खेत । नेकपा एमाले हुम्ला जिल्ला कमिटीको अध्यक्षमा कलबहादुर हमाल सर्वसम्मत चयन भएका छन् । गत सोमवार सुरू भएको नवौं जिल्ला अधिवेशनले सोमबार बेलुका नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा डबल रावत, सचिवमा ज्ञामी बुमी, उपसचिवमा तीर्थराज बोहरा र विमला शाही निर्वाचित भएको निवर्तमान अध्यक्ष दल रावलले जानकारी दिए । […]

जनगणनाः संकलित तथ्यांक हेलिकोप्टरबाट सुर्खेत ढुवानी

सिमकोट – राष्ट्रिय जनगणना अन्तर्गत हुम्ला जिल्लामा संकलित भएका विवरणहरु हेलिकोप्टरबाट सुर्खेत ढुवानी गरिएका छन्। जनगणनाका तत्थ्याङ्कहरु सुरक्षित र सहज रुपमा लैजानका लागि तत्थ्याङ्क विभागले हिमाली जिल्लाहरुबाट हेलिकोप्टरबाट तथ्यांक ढुवानी गरेको हो। जिल्ला जनगणना अधिकारी विनोद भट्टले जिल्लामा संकलन भएर तयारी अवस्थामा राखिएका सामाग्रीहरु हेलिकोप्टरबाट ढुवानी गरेर सुर्खेत लगिएको जानकारी दिए। नेपाली सेनाको हेलिकोप्टरमा साढे […]

कर्णालीमा माओवादी अधिवेशन : सुर्खेत, दैलेख र कालिकोटका २०७ वडामा नेतृत्व चयन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन अन्तर्गत कर्णालीका २०७ वडातहमा नयाँ नेतृत्व चयन गरिएको छ। सुर्खेत, दैलेख, कालिकोट र हुम्ला जिल्लाका गरी २०७ वडातहमा नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरिएको (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिले जनाएको छ ।  शनिबारदेखि वडामा सुरु भएको अधिवेशन अन्तर्गत कतै सर्वसम्मत त कतै चुनावको आधारमा निर्वाचन सम्पन्न गर्ने काम भएको नेकपा (माओवादी केन्द्र) का जिल्ला तहका नेताहरुले जानकारी दिएका छन् ।  सुर्खेत जिल्लाका ९ वटा स्थ

अनेरास्ववियू हुम्ला अध्यक्षमा सन्ज्याल

सुर्खेत : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको हुम्ला अध्यक्षमा जयराज सन्ज्याल निर्विरोध निर्वाचित भएका छन्। हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा बिहीबार आयोजित अधिवेशनबाट सन्ज्याल निर्विरोध निर्वाचित भएका हुन्।त्यस्तै अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुनिता बरालको प्रमुख आतिथ्यमा आयोजित ११ औं अधिवेशनले सन्ज्यालको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत नेतृत्व चयन भएको अनेरास्ववियूका निवर्तमान जिल्ला अध्यक्ष गणेश भण्डारीले जानकारी दिए।जिल्ला कमिटीमा उपाध्यक्षमा छक्क लामा, सचिवमा

हुम्ला र जुम्लामा हिमपात

जुम्ला/हुम्ला -  देशका अरु हिमाली क्षेत्रसँगै हुम्ला र जुम्लामा पनि हिमपात भएको छ ।आइतबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ भने हवाई सेवा प्रभावित भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकामा बाक्लो हिउँ परेको छ ।हिमपातले उडान हुन नसकेपछि सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने तयारीमा रहेका यात्रुहरु हुम्लामै रोकिएका छन् । यस्तै उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने बाटो र आसपासका डाँडा पनि हिउँले सेताम्य भएका छन् ।यस्तै जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ । हिउँ पर...