जनगणनाः संकलित तथ्यांक हेलिकोप्टरबाट सुर्खेत ढुवानी

सिमकोट – राष्ट्रिय जनगणना अन्तर्गत हुम्ला जिल्लामा संकलित भएका विवरणहरु हेलिकोप्टरबाट सुर्खेत ढुवानी गरिएका छन्। जनगणनाका तत्थ्याङ्कहरु सुरक्षित र सहज रुपमा लैजानका लागि तत्थ्याङ्क विभागले हिमाली जिल्लाहरुबाट हेलिकोप्टरबाट तथ्यांक ढुवानी गरेको हो। जिल्ला जनगणना अधिकारी विनोद भट्टले जिल्लामा संकलन भएर तयारी अवस्थामा राखिएका सामाग्रीहरु हेलिकोप्टरबाट ढुवानी गरेर सुर्खेत लगिएको जानकारी दिए। नेपाली सेनाको हेलिकोप्टरमा साढे […]

सम्बन्धित सामग्री

उजाड छन् बस्ती, कठिन छ त्रिपालमुनिको बसाइ (तस्वीरहरू)

१७ पुस, सुर्खेत । गत कात्तिक १७ गते मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको मंगलबार दुई महिना पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार जाजरकोट र रुकुम पश्चिमसहित पाँच जिल्लाका ५९ हजार १६२ परिवार भूकम्पबाट घरबार विहीन बनेका छन् । त्रिपाल मुनि बसेकाहरूलाई चिसो छेक्नका लागि न्याना […]

धमाधम ईभी चार्जिङ स्टेशन सञ्चालन : अनुमति दिन्छ, तथ्यांक राख्दैन प्राधिकरण

काठमाडौं  । नेपालमा पछिल्लो समय आम ग्राहकमा विद्युतीय सवारीसाधन (ईभी) प्रतिको आकर्षण बढ्दै गएको छ । ग्राहकहरू ईभीप्रति आकर्षित भएको देखिएपछि व्यवसायीले विभिन्न अन्तरराष्ट्रिय ब्रान्डका विद्युतीय सवारीसाधन भित्र्याइरहेका छ । केही समय अगाडिसम्म ईभी खरीदकर्तालाई चार्जिङ स्टेशन टाउको दुखाइको विषय थियो । अहिले त्यो समस्या क्रमश: समाधान हुँदै गएको छ ।  नेपाल विद्युत् प्राधिकरण र विभिन्न मोटर कम्पनीहरूले धमाधम चार्जिङ स्टेशन बनाएर सञ्चालन गरेपछि ईभी प्रयोगकर्तालाई सहज भएको छ । नेपाल विद्युत् प्राधिकरणले झापा, सुनसरी, मोरङ, उदयपुर, सप्तरी, सर्लाही, मकवानपुर, चितवन र काठमाडौंमा चार्जिङ स्टेशन राखेको छ । त्यस्तै ललितपुर, बनेपा, धादिङ, भक्तपुर, रूपन्देही, सुर्खेत, कास्की, कैलाली, महोत्तरी, पर्वत, दाङ, बाँके र सिन्धुलीमा पनि प्राधिकरणले चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । हालसम्ममा प्राधिकरणको चार्जिङ स्टेशन संख्या ३२ पुगेको छ ।  निजीक्षेत्रले पनि ईभी चार्जिङ स्टेशन निर्माणको कामलाई तीव्रता दिएको छ । हुन्डाई मोर्टसले ललितपुर, काठमाडौं, भक्तपुर, चितवनको भरतपुर, सौराहा र कुरिनटार, सिन्धुलीको मूलकोट, वीरगञ्ज र हेटौंडामा चार्जिङ स्टेशन राखेको छ । हुन्डाईले बिर्तामोड, दमक, विराटनगर, इटहरी, पोखरा, भैरहवा, बुटवल, भालुबाङ, दाङ, नेपालगञ्ज, चिसापानी र धनगढीमा गरी ४३ ओटा चार्जिङ स्टेशन बनाएको छ । टाटा मोटर्सले काठमाडौं उपत्यका, धादिङ, चितवन, हेटौंडा, सिमरा, ढल्केबर, लहान, इटहरी, बिर्तामोड, मूलकोट, पोखरा, भैरहवा, भालुवाङ, नेपालगञ्ज, धनगढीलगायत १६ ठाउँमा डिसी (छिटो चार्ज हुने) चार्जिङ स्टेशन खोलेको छ ।  टाटाले ५५ ठाउँमा एसी (ढिलो चार्ज हुने) चार्जिङ स्टेशन खोलेको छ । टाटाका एसी चार्जिङ स्टेशन बिर्तामोड, विराटनगर, धरान, ढल्केवर, जनकपुर, सिमरा, वीरगञ्ज, हेटौंडा, नारायणगढ, कावासोती, बुटवल, भैरहवा, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, पोखरा, धार्केलगायत ठाउँमा छन् ।  यसबाहेक बीवाईडी, एमजी, दिगोलगायत ब्रान्डका विद्युतीय सवारीसाधन विक्रेता कम्पनीले पनि चार्जिङ स्टेशन बनाइरहेका छन् । तर, नेपालमा हालसम्म कतिओटा ईभी चार्जिङ स्टेशन छन् भन्ने आधिकारिक तथ्यांक उपलब्ध छैन । नेपाल विद्युत् प्राधिकरणले आफूले बनाएका चार्जिङ स्टेशनको तथ्यांक राखे पनि निजीक्षेत्रले कति चार्जिङ स्टेशन बनाएको छ र अहिले देशभर चार्जिङ स्टेशनको संख्या कति छ भन्ने तथ्यांक राखेको छैन । आर्थिक अभियानले नेपाल विद्युत् प्राधिकरणसँग यो विषयमा चासो राख्दा प्राधिकरणका अधिकारीहरूले देशभरको एकीकृत तथ्यांक संकलन नगरेको बताए । चार्जिङ स्टेशन राख्ने अनुमति सम्बद्ध वितरण केन्द्रले दिने गरेको र कति कम्पनीले कुन कुन ठाउँमा चार्जिङ स्टेशन राखे भन्ने कुराको तथ्यांक वितरण केन्द्रसँग हुन सक्ने प्राधिकरणको भनाइ छ । कतिपयले हाई भोल्टेज विद्युत् लाइन पहिले नै लिइसकेको अवस्थामा छुट्टै मीटर नलगीकनै चार्जिङ सुविधा दिइरहेको प्राधिकरणका अधिकारीहरूले बताए ।  अटोमोबाइल व्यवसायीका हकहितको संरक्षण एवं प्रवर्द्धनका लागि स्थापित नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालसँग पनि निजीक्षेत्रले देशभरमा कतिओटा चार्जिङ स्टेशन बनाएर सञ्चालन गरिरहेको छ भन्ने कुराको जानकारी छैन । नाडा सचिवालयमा यस विषयमा बुझ्दा चार्जिङ स्टेशनको तथ्यांक राख्ने परिपाटी नरहेको जवाफ दिइयो ।

कर्णालीमा घरघरमै बिरामी, परीक्षण गराउने न्यून

११ माघ, सुर्खेत । पछिल्लो समय कर्णालीमा कोरोना संक्रमणको दर निरन्तर उकालो लागेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार गत २३ पुसमा परीक्षण गरिएको नमूनामध्ये २ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । ११ माघमा आइपुग्दा यो संक्रमण दर बढेर ६० प्रतिशत पुगेको छ । जनस्वास्थ्य विज्ञका अनुसार अबको दुई हप्ता संक्रमणदर बढ्दै जाने छ […]

कर्णालीमा बढ्यो संक्रमण, तर बढेन परीक्षण

३० पुस, सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना संक्रमण (कोभिड–१९) बढ्दो छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक बुधबार कर्णालीमा २१ जनाको पीसीआर परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको छ । अर्थात संक्रमण दर ७६ प्रतिशत छ । सोही दिन ११२ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनालाई पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ । त्यस्तै […]

कर्णालीका सिमानामा न हेल्थ डेस्क, न होल्डिङ सेन्टर

२९ पुस, सुर्खेत । भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढेपछि कर्णाली प्रदेशवासी धमाधम घर फर्किइरहेका छन् । तर नाकाहरुमा न उनीहरुको स्वास्थ्य परीक्षण हुन्छ, न त तथ्यांक राखिएको छ । सरकारको यो व्यवास्ताले गाउँ-गाउँमा कोरोना संक्रमण फैलिने चिन्ता छ । कर्णाली प्रदेश भित्रिने मुख्य गरी तीनवटा सीमा नाका छन्- सल्यानको कपुरकोट, बाँके र सुर्खेतको सिमाना […]

बाढीपहिरो पीडितलाई उचित राहत र क्षतिपूर्ति दिने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले देशभर बाढी पहिरोबाट ठुलो क्षति भएको भन्दै पीडित परिवारलाई सरकारले उचित राहत र क्षतिपूर्ति दिने बताएका छन् ।  बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा बिहीबार बिहान सुर्खेत आएका देउवाले क्षतिको अनुगमन भइरहेको र सबै तथ्यांक संकलन भएपछि राहत दिने बताएका हुन् ।प्रधानमन्त्री देउवाले कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मन्त्रीहरुसँग प्रदेशमा बाढी तथा पहिरोबाट भएको क्षतिबारे जानकारी लिएका थिए ।  सुदूरपश्चिम प्रद

कर्णालीमा ५ वर्षमा १३ सयबढीले गरे आत्महत्या

सुर्खेत : कर्णाली प्रदेशमा आत्महत्याका घटना बढ्दै गएका छन्। पछिल्लो पाँच वर्षको अवधिमा मात्रै कर्णाली प्रदेशभर एक हजार तीनसय ७३ जनाले आत्महत्या गरेका छन्।तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/०७४ मा मात्रै दुईसय २३ जनाले आत्महत्या गरेका छन्। त्यस्तै ०७४/०७५ मा दुईसय ५५ जना, २०७५/०७६ मा दुईसय ५० जना, ०७६/०७७ मा तीनसय ८२ जना र २०७७/०७८ मा तीनसय ७२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ।ति मध्ये दुईसय ८५ जनाले झुन्डिएर आत्महत्या गरेका छन्। त्यस्तै, ७० जनाले विष पिएर, एक जनाले हातहतियार प्रयोग गरेर र ६

कर्णालीमा फेरि बढ्यो कोरोना संक्रमण, नाकामा परीक्षण शुरु

६ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा केही समय ओरालो लागेको कोरोना संक्रमण दर पछिल्लो समय फेरि बढ्न थालेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांक अनुसार कर्णालीमा साउन यतामात्रै शनिबारसम्म दुई हजार ४७१ जना नयाँ संक्रमित थपिएका छन् । साउन महीनामा एन्टिजेन विधिबाट पाँच हजार ७६८ जनामा परीक्षण गरिएको थियो । जसमध्ये एक हजार १६८ […]

कर्णालीका हलियाको तथ्यांक संकलन गरिँदै

कर्णाली प्रदेश सरकारले हलियाहरूको एकीन तथ्यांक संकलन गर्न अग्रसरता देखाएको छ। हाल कर्णालीका सुर्खेत, जाजरकोट र हुम्लामा मात्र तथ्यांक संकलन गरिएको छ। अन्य सात जिल्लाका हलियाहरुको पहिचान गर्न तथ्यांक संकलनमा अग्रसरता देखाएको प्रदेश सरकारले जनाएको छ।...