सुर्खेत । शुक्रबार हुने स्थानीय तहको निर्वाचन लक्षित कर्णालीमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । जस अन्तर्गत तिब्बततर्फ हुम्ला र डोल्पा जिल्लाका सीमा नाकामा पनि सुरक्षा व्यवस्थालाई कडा पारिएको त्यहाँ सुरक्षा अधिकारीहरूले बताएका छन् । १० जिल्ला रहेको कर्णालीको भारतसँग सिधा खुला नाका छैन । दक्षिणतर्फ बाँके र बर्दियासँग जोडिएकाले बाँके र सुर्खेतको बीचमा रहेको बबई नाकामा पनि कडा निगरानी राखिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले रातोपाटीलाई जानकारी दिए । उनले भने,‘