नेकपा एमाले नेपाल-खनाल समूहको राष्ट्रिय भेला सुरू

काठमाडौं : नेकपा एमाले नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरू भएको छ। भेला ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको हो।भोलिसम्म चल्ने भेलामा दुई हजारभन्दा बढी नेता कार्यकर्ताको उपस्थिति रहने बताइएको छ। भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरिने जनाइएको छ। अवधारणा पत्रमाथि टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गरिनेछ। सर्वोच्च अदालतको आदेशबाट नेकपा एमाले ब्यूँतिएपछि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केप

सम्बन्धित सामग्री

एमाले बुद्धिजीवी परिषदको भेला आज

काठमाडौं : नेकपा एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज हुँदैछ।काठमाडौंको टोखामा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। भेलाको उद्घाटन गर्न अध्यक्ष ओली दिउसो १२ बजे टोखा पुग्नेछन्।

एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला टोखामा, ओलीले सम्बोधन गर्ने

नेकपा (एमाले) निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज आइतबार हुँदैछ । काठमाडौंको टोखामा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।ओली मध्याह्न १२ बजे भेलालाई सम्बोधन गर्न टोखा पुग्नेछन् । अध्यक्ष ओली निर्वाचनको संघारमा धपेडीमा छन् । शनिबार खोटाङ पुगेका उनी त्यसअघि पश्चिम तराईका जिल्लाहरूमा चुनावी सभादेखि पार्टी प्रवेश कार्यक्रममा खटिएका थिए ।

एमाले निकट निजामती कर्मचारी सङ्गठनको राष्ट्रिय भेला हुँदै

निजामती कर्मचारीका हकहित र समसामयिक सवालमा छलफल गर्न नेपाल निजामती कर्मचारी सङ्गठनले आगामी असोज २ गते काठमाडौँमा राष्ट्रिय भेलाको गर्ने भएको छ । नेकपा (एमाले) निकट मानिने उक्त सङ्गठनले पार्टी विभाजनले आफ्नो क्षेत्रमा खासै असर नपरेको जनाउँदै मूल प्रवाहबाट नबारिहन भेलाबाट आह्वान गर्न लागेको हो । यो सङ्गठनले आधिकारिक ट्रेड युनियनमा बहुमत सङ्ख्यामा प्रतिनिधित्व गर्दै आएको छ । भेलामा यसअघि युनियनमा प्रतिनिधित्व गर्नेका बारेमा पनि समीक्षा हुने जनाइएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने र देशभरका निकायबाट क...

अखिल फोर्सको राष्ट्रिय भेला गर्ने तयारी, माधव नेपालले सम्बोधन गर्ने

काठमाडौं। नेकपा (एमाले)का नेता माधव कुमारनेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियुले अखिल फोर्सको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आगामी शनिबार कार्की ब्याङक्वेटमा अखिल फोर्सको राष्ट्रिय भेला राखिएको जानकारी दिए। उक्त भेलालाई पार्टीका वरिष्ठ नेता नेपालले सम्बोधन गर्ने पराजुलीले बताए। भेलाको तयारीको लागि आज उपत्यकास्तरीय विशेष भेला राखिएको उनले बताए।

नेपाल समूहको राष्ट्रिय भेला : ओलीले गरेका निर्णय अस्वीकार (प्रस्तावसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव नेपाल समूहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । बुधबारदेखि ललितपुरको सानेपामा जारी नेपाल समुहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै बिहीबार सकिएको हो । भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७१ सालमा सम्पन्न भएको नवौँ महाधिवेशनले लिएको जनताको बहुदलीय जनवादको कार्यक्रम अनुरुप अगाडी बढ्न नसकेको आरोप लगाएको छ । नेकपा एमालेको नेपाल समुहले जबजको कार्यदिशालाई बलियो रुपले कार्यान्वय गर्दै अगाडी बढ्ने निर्णय गरेको नेकपा९एमाले० का नेता योगेश भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो भेलाले नवौँ राष्ट्रिय महाधिवेशन, जुन २०७१ साल साउनमा सम्पन्न भएको थियो । त्यो नवौँ राष्ट्रिय महाधिवेशनले पास गरेको पार्टीको कार्यक्रम जनताको बहुदलीय जनवाद त्यो जनताको बहुदलीय जनवादको मर्म, भावनालाई रक्षा गर्दै समाजवादको दिशामा अगाडी बढ्ने जुन नवौँ राष्ट्रिय महाधिवेशनको कार्यदिशा हो , त्यो कार्यदिशालाई यो भेलाले फेरि एकपटक पुर्नपुष्टि गरेको छ । र हामीले के भनेका छौँ भने पार्टी अध्यक्ष कमरेड केपी ओलीले त्यो कार्यदिशालाई सहि ढंगले पक्रिन सक्नुभएको छैन । ३ वर्षको सरकार सञ्चालनको क्रममा ३ वटा नीति तथा कार्यक्रम जो संसदमा प्रस्तुत भए , बजेटहरु प्रस्तुत भए ति नीति, कार्यक्रम र बजेटले पार्टीको घोषणा पत्र र पार्टीको बहुदलीय जनवादको यो नीति जसले समाजवादी दिशामा अघि बढ्ने नीति लिएको छ । त्यो नीतिमा उहाँले राम्रो ढंगले काम गर्न सक्नुभएन त्यसैले यो भेलाले त्यो पार्टीको नवौँ महाधिवेशनको कार्यदिशालाई बलियो ढंगले समाउने र त्यसको कार्यान्वयनको निम्ति अगाडी बढ्ने ।’ यस्तो छ, १७ बुँदे प्रस्ताव १) नेपालको वामपन्थी लोकतान्त्रिक आन्दोलनका विभिन्न मोर्चामा क्रियाशील हुँदा आफ्नो अमूल्य जीवनको आहुति दिने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरुप्रति यो बैठक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता कमरेड पुष्पलाल, जननेता कमरेड मदन भण्डारी र कम्युनिष्ट पार्टी नेतृत्वको पहिलो सरकारका प्रधानमन्त्री कमरेड मनमोहन अधिकारी सहितका हाम्रो पार्टीका अग्रजहरुको स्मरण गर्दै उहाँहरु प्रति यो भेला हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । २) नेकपा (एमाले) लाई विधान, विधि र ...

एमाले नेपाल–खनाल समूहको राष्ट्रिय भेला शुरु

न्युज अफ नेपाल काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहको राष्ट्रिय भेला शुरु भएको छ । ललितपुरको हेरिटेज गार्डेन पार्टी प्यालेसमा सुरु भएको भेला बिहीबारसम्म चल्नेछ । भेलामा देशैभरका नेता-कार्यकर्ताको उपस्तिथि रहेको छ भने पुराना कम्युनिस्ट नेताहरु पनि यो समूहको भेलामा सहभागी भएका छन् ।

नेपाल समूहको राष्ट्रिय भेला शुरु

काठमाडौं। नेकपा एमाले माधवकुमार नेपाल समूहको राष्ट्रिय भेला झलनाथ खनालको अध्यक्षतामा शुरु भएको छ। भेलामा एमाले नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको बताइएको छ।

नेपाल-खनाल समूहले बोलायो राष्ट्रिय भेला, ओलीसँगको एकता टुटेको निष्कर्ष

काठमाडौं । नेकपा (एमाले) को माधव नेपाल-झलनाथ खनाल समूहले अध्यक्ष केपी शर्मा ओलीसँगको एकता टुटेको समाप्त भएको निष्कर्ष निकालेको छ । शुक्रबार बानेश्वरमा भएको नेता नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले ओलीले पार्टीमा एकलौटी गरेको भन्दै राष्ट्रिय भेला गरेर निष्कर्ष निकाल्ने जनाएको छ । बैठकमा सहभागी नेता वेदुराम भुसालका अनुसार पार्टी अध्यक्ष केपी ओली एकलौटी ढंगले अघि बढेको र एमालेमा फुट ल्याएको निष्कर्षसहित त्यसको प्रतिकार गर्ने निष्कर्ष निकालिएको छ । नेता भुसालले चैत ४ गते विशेष राष्ट्रिय भेला बोलाउने र त्यसले नेतृत्व चयनलगायत समानान्तर कमिटि बनाएर जाने निर्णय भएको जानकारी दिनुभयो । शुक्रबार पार्टी अध्यक्ष केपी ओली समूहले आफूनिकट केन्द्रीय सदस्यहरुको बैठक बसेर पूर्वमाओवादी पृष्ठमूमिका २३ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्नुका साथै नेताहरुको जिम्मेवारीमा ब्यापक हेरफेर तथा आगामी मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । पार्टीमा ओलीको स्पष्ट बहुमत छ । ओली समूहले गरेको निर्णयले पार्टी एकता भंग गरेको एमाले उपाध्यक्ष वामदेव गौतमले बताउनुभयो । ‘ओलीले सत्ताको दुरुपयोग त गर्नुभएकै छ । सत्ताको दुरुपयोग गर्ने अवसरलाई प्रयोग गरेर मैले जे गर्छु त्यो गराएरै छोड्छु भन्ने त्यस्तो दुर्विचार बोकेर हिँड्नुभएको छ’ गौतमले सञ्चारकर्मीसँग भन्नुभयो, ‘केपी ‌ओलीसँगको एकता त समाप्तै भयो । अब हामीले अरु पार्टीहरूको बीचमा एकताको प्रयास गर्छौं ।’ एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर बनेको नेकपा अदालतको आदेशसँगै खारेज भएर एमाले तथा माओवादी ब्युँतिएका छन् । नेकपाभित्रको चरम शक्ति संघर्षमा ओलीविरुद्ध नेपाल–खनालले प्रचण्डलाई साथ दिएका थिए । पूर्वपार्टी ब्युँतिएपछि प्रचण्डलाई छोडेर एमालेमै फर्किने निष्कर्ष निकालेको नेपाल समूह ओलीले एकलौटी निर्णय गरेपछि समानान्तर कमिटी बनाउने निर्णयमा पुगेको हो ।