खोटाङको साकेला गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा काँग्रेसका रबीप्रकाश राई र उपाध्यक्षमा माओवादी केन्द्रकी बिर्सिका राई विजयी भएका हुन् । रबीप्रकाशले १८५० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अर्जुनकुमार खड्काले १७७२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, बिर्सिकाले २०१२ मत पाउँदा उनका निकटतमप्रतिद्वन्द्वी काँग्रेसका सरिता खड्काले १२२४ मत ल्याएका छन् । एमालेका अध्यक्षका उम्