काठमाण्डाै – 'वान एक्स बेट' मार्फत अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका एजेन्ट दिनेश खड्काले मञ्जुरीविना अन्य केही व्यक्तिको नागरिकता प्रयोग गरेको पाइएको छ । खड्काले अनलाइन जुवा खेलमार्फत ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको पाइएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । गएकाे जेठ ३० गते पक्राउ परेका खड्काले केही व्यक्तिको नागरिकता प्रयोग गरी उनीहरूको मन्जुरीबिना ४२ वटा खाता खोलेर विद्युतीय माध्यम दुरुपयोग गरी अनधिकृतरूपमा खातामा ३१ करोड ३२ लाख ६४ हजार दुई सय ५२ रुपैयाँ जम्मा गरेर त्याे र...