सुरक्षाकर्मीलगायत निकायको ध्यान निर्वाचनमा केन्द्रित भएको मौका पारेर भन्सार छली नेपाल भित्र्याइएका २ करोडभन्दा बढी मूल्यका विभिन्न सामान भैरहवा भन्सारले बरामद गरेको छ । दुई ट्रक र दुईवटा पिकअप जिप भरिएका ती सामान भन्सार छलेर नेपाल भित्र्याइएको अवस्थामा मंगलबार बरामद गरिएको हो ।