न्याय परिषद्ले उच्च अदालतको न्यायाधीश नियुक्तिसम्बन्धी वर्तमान मापदण्डमा परिवर्तन गर्दै न्यायाधीश नियुक्तिको प्रक्रियासम्बन्धी निर्देशिका, २०७९ पारित गरेको छ । मंगलबार न्याय परिषद्को बैठकले नयाँ निर्देशिका स्वीकृत गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार मंगलबार बसेको परिषद्को बैठकले उच्च अदालतमा नियुक्ति गरिने न्यायाधीशका नियुक्तिका लागि पुरानो मापदण्डमा परिवर्तन गर्दै नयाँ निर्देशिका लागु गरेको छ । शुक्रबारभित्रै नेपाल राजपत्रमा सूचना