वैदेशिक रोजगारीमा रहेका कामदारलाई बचतमा आकर्षित गर्ने उद्देश्यसहित सरकारले सुरु गरेको ‘बैदेशिक रोजगार बचतपत्र’ योजना असफल देखिएको छ । रेमिट्यान्सलाई बचत गरी उत्पादनशील क्षेत्रमा लगानी गर्न ८ वर्षअघि सुरु गरिएको कार्यक्रममा लक्षित वर्गलाई आकर्षित गर्न नसकेपछि योजना अलपत्र परेको हो । सरकारको वार्षिक कार्यक्रमअनुसार नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष बचतपत्र निष्कासन गर्दै आए पनि न्यून मात्र बिक्री हुने गरेको छ ।