ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा कोलकत्ता नाईट राईडर्सले सनराईजर्स हैदराबादलाई हराएको छ ।
आईतवार राति भएको खेलमा कोलकत्ताले हैदराबादलाई १० रनले हराएको हो ।
१ सय ८८ रनको लक्ष्य पछ्याएको हैदराबादले ५ विकेट गुमाएर १ सय ७७ रनमात्र बनाउन सक्यो ।
मनिष पाण्डेले अविजित ६१ र जोन बोयस्टोले ५५ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । अन्य ब्याट्सम्यानको प्रर्दशन उल्लेख्य रहन सकेन । ओपनरद्धय ऋद्धिमान साह ७ र डेविड वार्नर ३ रनमा आउट भएको खेलमा मोहमद नाबी १४, विजय शंकर ११ रनमा पेविलियन फर्किए । अब्दुल सामद १९ रनमा...