काठमाडौं। इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सले पहिलो जीत निकालेको छ। राजस्थानले गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई तीन विकेटले पराजित गरेको हो।मुम्बईस्थित वान्ग्खडे स्टेडियममा पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ बनायो। १४८ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा भेट्टायो।राजस्थानको जितमा डेभिड मिलरले सर्वाधिक ६२ रन र क्रिस मोरिसले अविजित...