काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान सभा अध्यक्ष स्वर्गिय सुवास नेम्वाङको परिवारलाई निवासमै पुगेर समवेदना प्रकट गरेका छन्। आइतबार बिहान बालुवाटार स्थित नेम्वाङ निवासमा पुगेर समवेदना प्रकट गरेका हुन्। अध्यक्ष तिमिल्सनाले परिवारका सदस्यहरुलाई राष्ट्रिय सभाका तर्फबाट समवेदना पत्र हस्तान्तरण समेत गरे। संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख नेम्वाङको भदौ २६ गते हृदयघातबाट निधन भएको थियो। […]