काठमाडौं : विगत २ वर्षदेखि ठप्प जस्तो रहेको वैदेशिक रोजगार क्षेत्र यतिवेला चलायमान बन्दै गएको छ। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको जोखिम कम भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या बढेको वैदेशिक रोजगार विभागले जनाएको छ।सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लगाएको निषेधाज्ञा हटाएसँगै श्रमस्वीकृति लिनेको संख्या बढेको वैदेशिक रोजगार विभाग कार्यालय ताहाचलले जनाएको छ। लामो समयदेखि कोरोना खोप, क्वारेन्टाइन खर्च आफैंले बेहोर्नुपर्ने जस्ता नियम भएकाले युवाहरू वैद