ठगीको पर्याय ?

नेपालका लागि वैदेशिक रोजगारी रहर नभई बाध्यता हो । तर, वैदेशिक रोजगार व्यवसायको सार्वजनिक छवि भने त्यति राम्रो छैन । केही वर्षअघिसम्म बर्सेनि ५ लाख युवा बिदेसिने गरेकोमा अहिले केही घटेको देखिए पनि मुलुकमा वैदेशिक रोजगारीको आकर्षण भने घटिसकेको छैन । स्वदेशमा बेरोजारीको अवस्था तथा यहाँ काम पाइरहेकैले पनि देखासिकीका कारणले वैदेशिक रोजगारीमा जाने गरेको पाइन्छ । तर, वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांशले कुनै न कुनै रूपमा आफू ठगिएको महसुस गरिरहेका हुन्छन् ।