सेनाका एथलेटिक्स खेलाडीले जिते २ स्वर्णसहित ४ पदक

नेपाली सेना त्रिभुवन आर्मी क्लबका एथलेटिक्स खेलाडीहरूले ‘खुला हाफ म्याराथन प्रतियोगिता २०७८’ मा दुई स्वर्णसहित चार पदक जितेका छन् ।  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा आयोजित प्रतियोगितामा खेलाडीहरूले २ स्वर्ण, १ रजत र १ कांस्य जितेका हुन् ।  प्रतियोगितामा महिलातर्फ नेपाली सेनाकी विश्वरुपा बुढा र पुरुषतर्फ नेपाली सेनाका गजेन्द्र राई प्रथम भएका छन् ।  त्यसै गरी श्रीकाश राई र नवराज साउद पुरुषतर्फ क्रमशः द्वितीय र तृतीय भएको सेनाले जनाएको छ । 

सम्बन्धित सामग्री

एथलेटिक्स ५ हजार मिटर महिलातर्फ सन्तोषीलाई स्वर्ण

एथलेटिक्स महिला ५ हजार मिटर दौडतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा रंगशालामा जारी खेलको निर्धारित दुरी १७ मिनेट ०५.२९ सेकेन्डमा पुरा गर्दै...

जयरानीको लक्ष्य अन्तर्राष्ट्रिय खेलमा देशलाई पदक दिलाउने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार पोखरा रङ्गशालामा एथलेटिक्स खेलको चार सय मिटर हडल्स दौड विधामा जयरानी थारुले स्वर्ण पदक जितिन्।...

कर्णालीका तीन खेलाडी जिते रजत र कास्य पदक

कर्णालीका तीन जना खेलाडीले रजत र कास्य पद जितेका छन् । दशरथ रंगशालामा भएको ४४ औं राष्ट्रिय एथलेटिक्स खेलमा कर्णालीबाट सहभागि खेलाडीमध्ये तीन जनाले रजत र कास्य पदक जितेका हुन् । दौडमा राममाया कुमारी बुढाले ८ सय मिटर दौडमा रजत पदक जितेकी छन् भने डिल्ली भण्डारी २ सय मिटर दौडमा कास्य पदक जित्न सफल भएका हुन् ।कर्णालीको टिमकोच मनराज शाहीका अनुसार कर्णालीबाट एथलेटिक्स खेलमा सहभागि कविता बिसीले महिला हाईजम्पमा काश्य पदक जितेकी छन् ।

पारा एथलेटिक्स : निशान र चन्द्रमालाई स्वर्ण पदक

निशान थापा र चन्द्रमा थापा क्षेत्रीले पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचापुड्कातर्फ स्वर्ण पदक जितेको छन् । मंगलबार त्रिपुरेश्वरस्थित दशरंग रंगशालामा भएको प्रतियोगितामा निशान पुरुष दुई सय मिटर दौडमा पहिलो भएका हुन् । देवराज घिमिरे दोश्रो तथा मानबहादुर श्रेष्ठ तेस्राे भए । चन्द्रमाले महिला एक सय मिटर दौडमा शीर्षस्थान हात पारिन् । सिर्जना सेन्चुरी दोस्राे तथा छोरीमाया थापा तेस्राे बने । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल पारा एथल

टोकियो ओलम्पिकः एथलेटिक्स महिला ४ सय मिटर दौडमा मिलर–विबोले जितिन् स्वर्ण

एजेन्सी। बाहमसकी शाउनाए मिलर–विबोले एथलेटिक्स महिला ४ सय मिटर दौडमा स्वर्ण पदक जितेकी छिन्। उनले ४८.३६ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेकी हुन्। डोमिनिसियन गणतन्त्रकी मारिलेइडी पाउलिनोले ४९.२० सेकेन्ड र अमेरिकाकी एलिसन फेलिक्सले ४९.४६ सेकेन्डमा दुरी पार गर्दै क्रमशः रजत र कास्य पदक जिते। ओलम्पिकमा फेलिक्सको १०औँ पदक हो। उनी सबभन्दा धेरै पदक जित्ने महिला खेलाडी बनेकी छिन्।

टोकियो ओलम्पिकः एथलेटिक्स ४०० मिटर दौडमा गार्डिनरलाई स्वर्ण

एजेन्सी। बहामासका स्टेभन गार्डिनरले एथलेटिक्स पुरुष ४०० मिटर दौडमा स्वर्ण पदक जितेका छन्। उनले ४३.८५ सेकेन्डमा दुरी पार गरे। गार्डिनरले दुई वर्षअघि कतारमा वर्ल्ड च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए। कोलम्बियाका जोस एन्थोनी जाम्ब्रानोले रजत र ग्रानाडाका किरानी जेम्सले कास्य जिते। अमेरिकाका माइकल चेरी र माइकल नोरमन चौथो र पाँचौँ स्थानमा रहे। १९०४ पछि अमेरिकाले पदक नजितेको यो दोस्रो पटक हो।

साग विजेतालाई एथलेटिक्स संघको नगद

संघले सोमबार एक कार्यक्रमको आयोजना गर्दै १३औं सागका एथलेटिक्समा पदक विजेता आठ खेलाडीलाई पुरस्कृत गरेको हो। एथलेटिक्स संघले १३औं सागका स्वर्ण पदक विजेतालाई एक लाख, रजत विजेतालाई ३५ हजार र कांस्य पदक विजेता खेलाडीलाई जनही २० हजार नगद पुरस्कार प्रदान गर्‍यो।...

सागका पदक विजेतालाई नगद पुरस्कार

१३औँ दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई सोमबार नेपाल एथलेटिक्स सङ्घले नगद पुरस्कार प्रदान गरेको छ । सोमबार आयोजित कार्यक्रममा पदक विजेता आठ खेलाडीलाई सङ्घले पुरस्कृत गरेको हो ।एथलेटिक्स सङ्घले १३औँ सागका स्वर्ण पदक विजेतालाई एक लाख, रजत विजेतालाई ३५ हजार र कास्य पदक विजेता खेलाडीलाई जनही २० हजार नगद पुरस्कार प्रदान गरेको हो । पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव एकेन्द्र कुँवर, बागमती प्रदेशका सदस्यसचिव सूर्य भण्डारी, एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्

एथलेटिक्स टोली बंगलादेश प्रस्थान

काठमाडौं:बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गरेको छ। जनवरी १० तारिखमा हुने प्रतियोगिताको पुरुषमा किरणसिंह बोगटी र महिलामा पुष्पा भण्डारीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। दुवै नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन्।…